मुस्लिम संघको बैठक सम्पन्न ।

Open photo

बिष्णु खनाल ।

सन्धिखर्क – नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल मुस्लिम संघको बैठक सम्पन्न भएको छ । वि.पि.स्मृति भवन सन्धिखर्कमा विभिन्न निर्णय गर्दै सातौं बैठक सम्पन्न भएको हो ।

बैठकले मुस्लिम संघका उप–सभापति गफार मियाँलाई कार्य बहाक सभापतिमा चयन गरेको छ । त्यस्तै बैठकले हिन्दुहरुको महान् पर्वहरु विजयादशमि, शुभ दिपावलि, नेपाल संवत र छठ २०८१ को अवसरमा देश तथा विदेशमा रहनु हुने जिल्लाबासिमा शुभकामना समेत व्यक्त गरेको छ । त्यसैगरी मुस्लिम संघको २०८१ चैत्र मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने बैठकले निर्णय समेत गरेको छ ।

उप–सभापति गफार मियाँको सभापतित्वमा बसेको बैठकमा नेपाली काँग्रेस पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, जिल्ला सचिव कृष्ण प्रसाद खनाल, महाधिवेशन प्रतिनिधि जमशेर मियाँ, नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य ईन्सु मियाँ लगायत मुस्लिम संघका नेताहरुको उपस्थिति रहेको थियो ।

बैठकको मुस्लिम संघका जिल्ला खवर महमद अन्सारीको सञ्चालनमा सम्पन्न भएको हो ।