शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

Open photo

-सुभाष ज्ञवाली ।

बुटवल – आज अपराह्न मरेङ रुपन्देही सम्पर्क मञ्चले को जोइकुटीस्थित एसियन होटलमा साविक मरेङ गाउँपालिकाबाट रूपन्देहीमा आएर बसोबास गर्ने, व्यवसाय गर्ने, नोकरी तथा अध्ययन गर्ने व्यक्तित्वहरूलाई बोलाएर बडा दशैंको शुभकामना आदानप्रदान तथा गाउँमा लगानी गरेर उद्यमशीलता एवं रोजगारी बढाई युवा शक्ति पलायन हुनबाट थोरै भएपनि रोक्ने र गाउँ तथा देशलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउने विषयमा अन्तरक्रिया कार्यक्रम गर्यो।

कार्यक्रमको सञ्चालन सचिव उमेश कुँवर, अध्यक्षता अध्यक्ष दिनेश कुँवर, प्रमुख आतिथ्य लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्य, विशिष्ट आतिथ्य साविक मरेङ गाउँपालिका र हालको मालानी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दधिराम आचार्य तथा वडा नम्बर २ का अध्यक्ष योगेन्द्र भुसालको रह्यो।

परिचय तथा अन्तरक्रियापछि उर्वर सहकारीका अध्यक्ष माया क्षेत्री, मरेङ रूपन्देही सम्पर्क मञ्चका अध्यक्ष दिनेश कुँवर, मञ्चका पूर्व अध्यक्ष एवं पत्रकार रामप्रसाद आचार्य, युवा उद्यमी तथा पत्रकार नवराज भुसाल, युवा व्यवसायी भूपेन्द्र सुवेदी, समाजका सचिव उमेश कुँवर तथा युवा व्यवसायी लक्ष्मण बन्जाडे सहितको सात सदस्यीय उद्यमशीलता समितिको निर्माण भयो।

यो समितिले विज्ञहरूको राय लिएर कार्ययोजना बनाई अघि बढ्ने प्रस्ताव पनि भेलाले गर्यो।

कार्यसमितिका विचारहरुबाहेक उद्योगपति टानबहादुर पाण्डे, एसियन होटल प्रमुख शोभाकर बन्जाडे, लुम्बिनी वाङ्गमय प्रतिष्ठान नेपालका अध्यक्ष तथा यस मञ्चका पूर्व अध्यक्ष ऋषि आजाद, अक्सफोर्ड उच्च माविका प्राचार्य दिनेश भुसाल, श्री कृष्णप्रसाद भुसाल, यस मञ्चको दुई कार्यकालका अध्यक्ष एवं व्यवसायी श्री झविन्द्र फु्ल्लेल, कृषि विकास बैंकका प्रबन्धक श्री यमप्रसाद आचार्य तथा उद्योगपति श्री कुसुम फुल्लेल, उर्वरका श्री भोजबहादुर पाण्डे आदिका विचारहरू प्रस्तुत भए।

कार्यक्रमलाई विशिष्ट अतिथि द्वय वडा अध्यक्षहरू योगेन्द्र भुसाल र दधिराम आचार्य तथा प्रमुख अतिथि डा. तिलक आचार्यबाट शुभकामना व्यक्त गरियो।

प्रमुख अतिथि र विशिष्ट अतिथि द्वयलाई सम्मान गरियो। अन्त्यमा अध्यक्ष दिनेश कुँवरबाट मन्तव्यसहित कार्यक्रमको समापन भयो। कार्यक्रममा सर्वश्री प्रकाश भुसाल, प्रकाश आचार्य, कृष्ण फुल्लेल, राजेन्द्र कुमार आचार्य, भक्तराज बस्नेत, छत्रकुमार क्षेत्री, मधु आचार्य, आशा आचार्य, कृष्ण भुसाल, प्रदीप आचार्य, चुराबहादुर विश्वकर्मा, रामबहादुर सुनार, सृजन नेपाली, नवराज सुवेदी, बाबुराम आचार्य, हरिबहादुर कुँवर आदिको आतिथ्य रहेको थियो।