काठमाडौं उपत्यकासहित थप यी स्थानबाट बाहिरियो मनसुन

Open photo

 

काठमाडौं । नेपालका थप केही स्थानबाट यो वर्षको मनसुन बाहिरिएको छ । काठमाडौं उपत्यकालगायत स्थानबाट समेत मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

“आज मिति २०८१ असोज २२ (८ अक्टोबर)का दिन यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागका साथै काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशको पश्चिमी भू–भाग र मधेस प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बहिर्गमन भएको छ,” मंगलबार महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार, सुदूरपश्चिमसहित कर्णालीका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका थोरै स्थानबाट यही असोज २० (६ अक्टोबर) गते मनसुन बाहिरिएको थियो ।

नेपालका यी भूभागबाट बाहिरियो मनसुन

“मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ,” बुलेटिनमा उल्लेख छ, “मौसम पूर्वानुमान महाशाखाले नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ ।”