सडक दुर्घटना न्युनिकरण लक्षित कृत्रिम घटना अभ्यासको डेमो सन्धिखर्कमा प्रदर्शन (तस्बिर सहित)

Open photo

 

-गोपाल प्रसाद भट्टराई।

असौज–२३,अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा सडक दुर्घटना न्युनिकरण लक्षित कृत्रिम घटना अभ्यासको डेमो प्रदर्शन गरिएको छ । मंगलबार तिनवटा सुरक्षा निकायको संयुक्त आयोजनामा सडक दुर्घटना हुँदा गरिने उद्दार कार्यको कृत्रिम घटना अभ्यास गरिएको हो ।

May be an image of 5 people

सन्धिखर्क नगरपालिकाको परिसर अगाडिको सडक खण्डमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लगायतको समन्वयमा जिल्ला सुरक्षा समितिले कृत्रिम सवारी दुर्घटनाको घटना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो ।

May be an image of 4 people and motorcycle

कृत्रिम घटना अभ्यासमा सवारी दुर्घटनामा परि बिच सडकमै लडिरहेका घाइतेलाई प्रहरीले रेस्क्यू गर्दा गरिने कार्यहरुलाई क्रमिक रुपमा डेमो प्रदर्शन गरिएको थियो ।

May be an image of 10 people

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी अर्यालले दुर्घटना जहाँ जतिबेला पनि हुन सक्ने भएकाले यात्रा गर्दा ध्यान पु¥याउन आम नागरिक समक्ष अपिल गर्नुभएको छ । दुर्घटना भइहालेमा प्रहरीले गर्ने उद्धार कार्य तथा सडकमा गुडिरहेका यातायातका साधन आपसमा ठक्कर खाँदा हुने दुर्घटना पछि पिडित पक्षबाट क्षतिपूर्तिको माग सहित हुने प्रदर्शनलाई कसरी शान्त पार्ने, घाइतेलाई उद्धार र उपचार कसरी गर्ने भन्ने बारेमा सचेत गराउन डेमो प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले बताउनु भएको छ ।

May be an image of 9 people and motorcycle

अहिलेको समयमा नेपालीहरुका ठुला पर्वहरु नजिकिएकाले गाउँघर तिर पर्व मनाउन आउनेको संख्या पनि बढ्ने भएकाले यस्तो समयमा दुर्घटनाको जोखिम बढी हुने प्र.ना.उ.मल्लको भनाई छ ।

May be an image of 5 people

दुर्घटना नहोस् भन्ने सचेतना तथा भइहालेमा गरिने उद्दार कार्यका विषयमा कृत्रिम घटना अभ्यासको नमुना प्रर्दशन गरिएको उहाँको तर्क छ ।