परिवारबीच पुनर्मिलनको पर्व दशैं : दशैं मनाउन फर्किए परदेशिहरु

Open photo

 

काठमाडौं । बडादशैं परिवारबीच पुनर्मिलनको पर्व पनि हो । टाढा टाढा पुगेका सन्तान र आफन्तजन एकै ठाउँमा जम्मा भएर दशैं मनाउनुको रमाइलो बयान गरीसाध्य छैन । स्वदेशमै हुनेहरु मात्रै होइन, रोजगारीका लागि विदेश पुगेकाहरु पनि यति बेला दशैं मान्न घर फर्किरहेका छन् ।

 

दशैं मनाउन घर फर्किँदै नेपाली

बैदेशिक रोजगारीका लागि विदेशिएका युवाहरु बडादशैं र तिहार मनाउन दैनिक हजारौंको संख्यामा फर्किरहेका छन् । यसरी स्वदेश फर्कनेहरुको लर्को त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन कक्षमा देख्न सकिन्छ भने विदेशबाट आउनेहरुलाई लिन गएका आफन्तजनको उत्तिकै भीड देखिन्छ विमानस्थलमा । तर कोही कोही भने विमानस्थलबाट बाहिरिएपछि अलमलमा पर्ने गरेको पनि देखिन्थ्यो ।

हाम्रो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा फेला परे, काठमाडौं कौशलटार निवासी अमित घोरासैनी । घरपरिवारलाई खबरै नगरी आश्चर्य चकित पार्ने तरिकाले स्वदेश आएका अमितको खुशी मुहारमा छर्लगैं देखिन्थ्यो थियो ।

जसो तसो विदेशमा पसिना बगाएकाहरु मध्ये रुकमान गुरुङ र चुराबहादुर सारुलाई भने बैदेशिक रोजगारीमा रहँदा रहँदै पनि घरपरिवारका लागि अब सदाका लागि स्वदेशमा श्रम गर्ने सोच आएको पनि पाइयो ।

दशैँ मनाउन घर फर्किनेको लर्को | Nagarik News

खाडी मुलुक दुबईमा कामको सिलसिलामा पुगेका सुजना खड्का भने चाडबाडमा स्वदेश फर्कन पाएकोमा दंग त देखिन्थे । स्वदेशी भूमिमा टेक्दा उनले खुशीका आँसु थाम्न सकिरहेका थिएनन् ।

त्यसो त बिदेशमा श्रम पसिना बगाईरहँदा पनि देशमा भइरहेका गतिबिधीबारे जानकारी राख्ने गरेका काभ्रेका रबिन बिश्वकर्मालाई नेपालमा हालै आएको बाढी पहिरोको घटनाले साह्रै विचलित गराएको रहेछ ।

लामो समयसम्म कतार बसी चाडबाड मनाउन स्वदेश फर्कनेहरुमा परिवारसंग हुने पुनर्मिलनले उत्तिकै उद्देलित गराउने रैछ । लामो समय अर्काको देशमा श्रम बेचेर चाडवाडको बेला स्वदेश फर्कन पाउने दाुजभाइ दिदीबहिनी घर फर्कन पाउँदा खुशी हुनु स्वाभाविक हो । तर चाडवाडकै बेला पनि छुट्टि नपाएर कर्मथलोमै बस्नु पर्ने बाध्यतामा रहेका नेपालीहरुको संख्या लाखौं छ । यस्तै दशैंकै मुखमा विदेशिन बाध्य युवाको संख्या पनि कम छैन ।