आज बडादशैं : कुन देशमा कहिले, कति बजे छ टीकाको साइत ? (तालिका सहित)

Open photo

 

 काठमाडौं । आज बडादशैंको अन्तिम दिन, मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ ।

नेपालका लागि टीकाको उत्तम साइत बिहान ११:३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।

Vijaya Dashami today - The Himalayan Times - Nepal's No.1 English Daily  Newspaper | Nepal News, Latest Politics, Business, World, Sports,  Entertainment, Travel, Life Style News

त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ । उदाहरणका लागि अष्ट्रेलियामा दशैंको टीका नेपालभन्दा एक दिन ढिलो अर्थात् १३ अक्टुबर (असोज २७ गते) परेको छ ।

कुन देशमा टीकाको साइत कति बजे छ तलको तालिका हेर्नुहोस्-