राष्ट्रपतिले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

Open photo

 

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ । आज विजया दशमीका दिन राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

शनिबार दिउँसो ३ बजेदेखि ३.३० बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने जनाइएको छ ।

त्यसपछि दिउँसो ३.३० बजेदेखि ५.बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपतिले टीका लगाइदिनु हुनेछ । टीका लगाउन आउनेहरुले मर्यादित पोशाक लगाउनु पर्ने बताइएको छ । टीका थाप्नेका लागि राष्ट्रपति कार्यालयको प्रवेशद्वार नं. १ मा व्यवस्था मिलाइएको छ ।

राष्ट्रपति पौडेलले भने ९४ वर्षीय दाजु डुण्डीराज पौडेल र गुरु पुरोहितबाट आजको टिकाको साईत ११ बजेर ३६ मिटनमा टिका लगाउनुहुनेछ।