प्रधानमन्त्री ओलीले बुबाको हातबाट लगाए दशैको टीका

Open photo

 

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट विजया दशमीको टीका लगाएका छन् ।

ओलीका बुबादशैमा छोरालाई टीका लगाइदिन केही दिनअघि काठमाडौं आएका हुन् ।

ओलीसँगै पत्नी राधिका शाक्यले पनि ससुराबुबाको हातबाट टीका लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसपटक प्रधानमन्त्रीले परिवारसँग मात्रै टीकाको कार्यक्रम राखेका हुन्। देशमा विपतका कारण हजारौं नागरिक पीडामा रहेको भन्दै उनले सर्वसाधारणलाई टीकाको कार्यक्रम नराखिएको बताएका हुन् ।