देश बनाउने झुट…(कविता)

  – श्याम चुदाली।

देश बनाउने झुट………..(कविता)

 उ
यसरि हाँस्न थाल्यो
हा हा हा हा हा …………..
लाग्यो, मानसिक सन्तुलन गुमाएको छ ।

सोझासोझ भनिरहे
देस बन्दै छ रे
स्वास्थ्य, सिक्षा र रोजगारि
न्याए, समानता र सम्बृध्दि
दसै आए जसरि
घर घरमा आउदै छ रे
तिमि फोकटमा हाँसिरहेछौं
सधै निहु खोज्ने काम बन्द गर ।
ठुला ठुला आँखा पारेर
उँचो स्वरमा
मलाइ खाँउला जसरि

फेरि गम्भिर भएर भन्यो,
यहाँ देस नबनेर के भो
उनिहरु बनिरहेकै छन
उनको परिवार बनेको छ
नातागोता र आफन्तहरु बनेका छन
आसेपासे र चम्चेहरु बनेकै छन
चाप्लुसि र गुलामि गर्नेहरु बनेकै छन ।
एक तमासले
निरन्तर धाराप्रवाह
उ बोलिरहयो र भन्दै गयो
हिजो
खालि खुट्टा हिड्नेहरु
आज
लाखौको बुट कसेका छन
चिल्ला गाडिमा दौडिरहेछन ।
एकसरो लगाउने औकात नभएकाहरु
कोट, पाइन्ट र टाइमा ठाट्टिएका छन ।
कसैले प्रस्न गर्दा
बिनाकारण च्याट्ठिएका छन ।
सहरमा
बगंलाहरु ठड्याएका छन ।
एक छाक मकै र
एक छाक भोकै बस्नेहरु
स्टार होटलको डिनर र लन्चमा मस्त छन ।
दिनभरि न्याए र समानताका
भाषण छाँटेर
रातभर अन्याएका तानाबानामा ब्यास्त छन।
किसानहरु मरे मरुन
उध्योगिहरु भिखारि बनुन
ब्यापारिहरु टाट पल्टिउन
युवाहरु बिदेसिदै गरुन
बिरामिहरु उपचार नपाएर मरुन
बिध्यार्थिहरु सिक्षा नपाएर
पलायन होउन
कसैको मतलब छैन उनिहरुलाइ ।
रेमिट्यान्सले देस चलेकै छ
दलालिको पैसाले
आफ्नो चुल्हो बलेकै छ।
उनिहरु बनेपछि देस बनेको छ भन्नु
कुकुर ब्याएर बिघौति खानु जस्तै हो ।
उ एकपटक कर्के परेर
मेरो आँखामा हेर्यो र
खोइ के सोच्यो
फेरि चेतावनिको भाषामा भन्यो
तपाइ भ्रममा नपर्नुस महोदय
देस बन्छ भनेर ।
जब चुनाब आउछ
तब
रागाँ बोका र खसिहरु ढाल्दै
एक गिलास रक्सिमा
भोट किनेर
देश बनाउने झुट फेरि सुरु हुन्छ ।
बिकासका फोस्रा आस्वासनहरु
परिबर्तनका तर्कहरु
बेमौसमि बाजा जस्तै बज्न थाल्दछन
झुटो संगितमा रनभुल्ल भएर
हामिहरु पत्याइदिन्छौ
फेरि पनि उनिहरुकै पालो आउछ

देश बनाउने झुट पुन सुरु हुन्छ ।