-केशवराज ज्ञवाली, अर्घाखाँची डट्कम।
रानीगैरा ,अर्घाखाँची – राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेकपा एमालेले पार्टी कार्यालय बनाउन मीन बहादुर गुरुङ्ग संग जग्गा लिनुनै भ्रष्टाचार भएको दावी गरेका छन ।
भट्टले केपि ओलिले शून्य भ्रष्टाचार सहशिलता नीति भन्नू गलत र अफवाह भन्दै हेलिकप्टरमा केक बोकाउनेले आदर्शका कुरा गर्न नसुहाउने बताएका छन ।
कोरोना कालमा यति र ओमनी भ्रष्टाचार गरेका केपि ओलि पहिले पटक पटक प्रधानमन्त्री हुदा छ अरब भ्रष्टाचार गरेको उनको आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ ब्यङ्ग गर्दै नेता भट्टले घन्टी पार्टीले व्हिम फैलाएर पैसा कुम्लाएको आरोप पनि लगाएका छन ।
उनले सहकारी ठग्ने पार्टिको पछाडी लाग्नु गलत भएको भन्दै गोरखा मिडियाको प्रमुखको रुपमा रहेका रबि लामिछानेले आफू बच्न अनेक जुक्ती लगाएको पनि आरोप लगाएका छन । उनले उखान भन्दै चोरले भैंसी चोर्यो र दाम्लोमा बेरियो भनेर भ्रम फाल्ने प्रयास नगर्न पनि लामिछानेलाइ भनेका छन ।
आठ वटा सहकारी ठगेर स्रोह वटा मिडिया चलाएकोले ठुला गफ गरेको भन्दै नेता भट्टले लामिछानेको नाममा बुटवलको सहकारीबाट १६ अर्व रकम खाएर जनताको सम्पतिमा लुट मच्चाएको बताएका हुन ।
जनमोर्चा अर्घाखाँचीले आज अर्घाखाँचीको अर्घामा गरेको सांस्कृतिक कार्यक्रम सहितको जनसभामा उनले यस्तो बताएका हुन ।
थप तस्बिर :