-केशवराज ज्ञवाली, अर्घाखाँची डट्कम।
रानीगैरा ,अर्घाखाँची – जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी ले स्वतन्त्र पार्टी ठग्ने मनसायमा लागेको दावी गरेका छन । ठुला पार्टिको बिरोधको नाममा उसले आफ्ना कर्तुत लुकाउन लागि परेको पनि के.सी को दावी छ । जनमोर्चा अर्घाखाँचीले आज अर्घाखाँचीको अर्घामा गरेको जनसभा सहित सांस्कृतिक कार्यक्रममा उनले यस्तो बताएका हुन ।
अर्घाखाँचीमा राजनितिक चेतना दिन जनमोर्चाले कार्यक्रम गरेको भन्दै नेता केसिले देशको अवस्था झनपछी झन खराव भएको बताएका हुन । देश भर ५ लाख घर खाली गरेर मान्छे बिदेश जानू दु:खद भएको भन्दै केसिले दैनिक ३ हजार मान्छे बिदेश जानुले देशको अवस्था छर्लङ्ग पारेको उनको भनाइ छ ।
नेपालमा लोकतान्त्रिक ब्यबस्था ल्याउन राजनीतिक पार्टीले धेरै संघर्ष गरेको तर ब्यबस्था परिवर्तन पछि देशको छोडेर आफ्नो अवस्था परिवर्तन गर्ने ठुला दलका नेताहरु लागि परेको बताउदै उनले राजनितीलाइ कमाउने भाडो बनाइएको दावी गरे ।
जनताले ठुला पार्टीलाई मत दिएर केही नपाएको गुनासो गर्दै नेता केसिले जनताको चेतनामा परिवर्तन नआए सम्म राजनिती गर्नेले ठग्न नछोड्ने भन्दै आफ्नो चेतना प्रदर्शन गर्ने बेला आएको बताए ।
संघीयताको बिरोध गर्दै केसिले अब देशले सात वटा सरकार पाल्न नसक्ने र संघियता खारेजको आन्दोलन जनमोर्चाले निरन्तर गर्ने बताएका छन ।
काङ्ग्रेस एमालेको सरकारले संविधान संशोधन गर्ने भनेपनी बिषय बस्तुमा ढुक्क नभएको बताउदै उनले जनमोर्चा संविधान संशोधनको पक्षमा भएको र प्रदेश खारेजि सहित संशोधन गर्नु पर्ने बताए ।
थप तस्बिर :