टिपर दुर्घटना हुँदा दाङमा चालकको मृत्यु

 

काठमाडौं । दाङमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

घोराही तापा सडक खण्डअन्तर्गत बंगलाचुली गाउँपालिका- ४ जुम्लेपानीमा बिहीबार राती रा १ ख १८५७ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका- ७ निवासी प्रभु चौधरी रहेको प्रहरीले जनाएको छ । चुनढुँगा लिन जान लागेको टिपर जुम्लेपानीमा सडकदेखि करिब एक सय मिटर तल खसेको बताइएको छ ।

 

अन्य समाचारहरु