मुख्य चाडपर्वमा पनि घटेन बिदेशिनेको सख्या : असोजमा मात्र श्रम स्वीकृति लिएर ५३ हजार ५ सय २५ जना विदेशिए

 

काठमाण्डौ – मुख्य पर्व दशैँ परेको महिना असोजमा पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रहेको छ । वैदेशिक रोजगार विभागकाअनुसार अघिल्लो महिना असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।

सम्झौताविनै कतारमा 'ओकेजनल' कामदार पठाउँदै सरकार::Nawalpur's First Online Media Company – नवलपुरकै पहिलाे अनलाइन मिडिया कम्पनी

असोजमा १७ हजार सात सय २४ जना नेपाली यूएई, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतार, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन् ।

यसैगरी असोजमा युरोपेली देशहरु रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि उल्लेख्य छ । गएको भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए ।