मुस्लिम समुदायकाे सम्मेलनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग ५ बुदेँ माग

-मोहम्मद हबिब,  भैरहवा ।

भैरहवा । मुस्लिम समुदायको अधिकारको सुरक्षा गर्न तहफ्फुजे हुकुके मुस्लिम व तालीमी वेदारी प्रदेश सम्मेलन भएको छ ।

ओल्मा काउन्सिल नेपाल रुपन्देहीको आयोजनामा भैरहवाको मिडटाउन पार्टी प्यालेसमा भएको सम्मेलनले प्रदेश सरकारसँग मुख्यतया ५ वटा विषय उठान गरी सम्बोधनका लागि आग्रह गरेका छन । काउन्सिलका केन्द्रीय अध्यक्ष शैयद गुलाम हुसेनले प्रदशेमा करिब ४ सय बढि मदरसाहरु रहेकोले यस्को व्यवस्थापनमा प्रदेश सरकारले जोड दिनु पर्ने बताए ।

काउन्सिलले प्रदेश सरकारलाई लुम्बिनी प्रदेशबाट हजका लागि जाने करिब ५ सय हाजीको उडान भैरहवा स्थित गौतमबुद्ध विमानस्थलबाट गर्नुपर्ने, हज हाउसको व्यवस्था हुनपर्ने, मौलाना वा सोसरहका शिक्षकका लागि भारत जानु पर्ने बाध्यता हटाई नेपालमै नभएको मौलाना स्तरको मदरसा यस प्रदेशमा स्थापना गरी अनुमति दिनु पर्ने, प्रत्येक मदरसामा कम्तिमा पनि १ जनाको दरबन्दी कायम गर्नुपर्ने, कब्रस्थान, इदगाह, मस्जिद, मदरसा लगायतको क्षेत्रलाई व्यवस्थित गरी आधिकरीकता प्रदान गर्नुपर्ने, मौलाना र मदरसाका शिक्षकहरुलाई शिक्षक इजाजतपत्र का लागि पहल गर्नुपर्ने मागसम्मेलन मार्फत हज समिती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई गरिएको केन्द्रीय अध्यक्ष हुसेनले भने ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तिकरणको लागि समानता र अधिकार सुनिश्चित गरेर सरकारले काम गरिरहेकोे बताए । उनले लुम्बिनी प्रदेश सरकारले मदरसा शिक्षालाई प्राथमिकताका साथ सुधार गर्दै ग्इरहेको बताउदै मुस्लिम समुदायका बालबालिकाको शिक्षामा समान पहुँच बढाउन छात्रावृत्तिको व्यवस्था गरेको, छोरीहरुलाई शिक्षामा पहुँच बढाउन छात्रावास स्थापना गरेको बताए ।

‘प्रदेश स्थापना भएपछी मदरसा शिक्षालाई जोड दियौं । मदरसाको भौतिक सुधार ग¥यौं । त्यहाँ शिक्षाको गुणस्तर सुधार्न पनि ध्यान दियौं । मुस्लिम विद्यार्थीलाई छात्रावृत्ति र छात्रावासको समेत निर्माण गर्न प्रदेश सरकारले लगानी गरेको छ’उनले भने ,‘शिक्षा क्षेत्रमा अगाडी बढाउन प्रदेश सरकारले लागेपुगे सम्मको सहयोग गरेको छ ।’

प्रदेश सरकारले मुस्लिम समुदायलाई निजामती क्षेत्रमा आकर्षीत गर्न सात प्रतिशत आरक्षणको व्यवस्था गरेको छ भने प्रदेश सरकारले मुस्लिम समुदायको सशक्तिकरणको लागि ध्यान दिएको छ । नीति, नियम तथा कार्यक्रमबाट मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्नेगरी सरकारले काम गरिरहेको छ ।’

छोरीहरुको शिक्षामा मुस्लिम समुदायले बिशेष ध्यान दिनुपर्ने बताउदै छोरीहरुलाई शिक्षामा अगाडी बढाउन समुदायबाट नै बिशेष ध्यान दिनुपर्छ । सरकारले वातावरण निर्माण गरेको उनले भने  ओल्मा काउन्सिल रुपन्देहीका अध्यक्ष मौलाना अब्दुलनबी भाटको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रिय सांसद सेराज अहमद फारुकीm हज समिति सदस्य जमिउल मिया, सिद्धार्थनगरका नगरप्रमुख इस्तियाक अहमद खाँ, हारुन अलि कादरी, अमिरुल्लाह मिया, ताहिर अलि लगायतले समुदायको उत्थान भौतिक पूर्वाधारको विकासले मात्रै नभई शैक्षिक विकासले हुने बताए ।

शिक्षा जस्तो मौलिक अधिकारबाट बञ्चित रहेको समुदायको विकासका लागि माग गरिएको सबै बुदा सान्र्दभिक रहेकोले मागमा समर्थन जनाएका थिए । पिछडिएको समुदायलाई राज्यको मुलधारमा ल्याउनेगरी प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत सम्वोधन गर्नु पर्ने बताए ।

मुस्लिम समुदायभित्र आर्थिक वा सामाजिक रूपमा पछाडि परेका व्यक्तिको विकास र सशक्तीकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, मुस्लिम समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण र विकासको लागि कार्यक्रम बनाउन समेत प्रदेश सरकार संग अनुरोध गरिएको छ ।

मुस्लिम समुदायको हक, हितको संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण गर्न, आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, राज्यले उपलब्ध गराउने स्रोत तथा साधनहरुमा मुस्लिम समुदायको पहुँच वृद्धि गर्न, ऐतिहासिक, साँस्कृतिक एवं धार्मिक क्षेत्रको संरक्षण र सम्बद्र्धन लगायतका बिषयहरु उठान गरिएको थियो ।