रवि लामिछानेलाई अनुसन्धानको क्रममा गिरफ्तार गर्दा त्यो कसरी राजनीतिक प्रतिशोध हुन्छ? – मनोज भट्ट,महासचिव राजमो

 

अर्घाखाँची।  जिबी राइको नेतृत्वमा विभिन्न सहकारीबाट ठगी गरिएको १६ अर्ब रकम मध्येको ६५ करोड गोरखा मिडिया प्रा. लि.मा गएको देखिन्छ। सहकारीको रकम ठगी प्रकरणमा‌ गोरखा मिडीयाका सञ्चालकहरू मध्यका जिवी राईका विरुद्ध सरकारले रेड कर्नर नोटिस जारी गरेको छ तर उनि फरार छन ।अन्य सञ्चालकहरू कुमार रम्तेल,छबीलाल जोशी अनुसन्धानको क्रममा प्रहरी वा न्यायिक हिरासतमा छन ।

गोरखा मिडीया सँग सम्बन्धित रोशनी गुरुङ पनि जेलमा छन। तर गोरखा मिडीयाका सञ्चालक मध्येका रवी लामिछानेलाई अनुसन्धानको क्रममा गिरफ्तार गर्दा त्यो कसरी राजनीतिक प्रतिशोध हुन्छ?बरू रवि लामिछानेको अपराधको राजनीतिकरण गर्ने काम भएन र ? आफ्नो सरकारलाइ‌ बचाउँन हिजोका दिनमा एमालेले रविले गरेका अपराधको खुलमखुल्ला पक्ष लिनुका साथै आफु विरुद्धका सम्पूर्ण प्रमाण मेटाउँन सजिलोका लागि गृहमन्त्री नै बनाइदिएका थिए।

तर राजनीतिक समिकरण परिवर्तन भए पछि एमालेले रवि लामिछानेलाई कारबाहीको डर देखाएर आफ्नो पिछलग्गू बनाउन खोजेको पनि सत्य हो । रवि लामिछानेको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध बताएर माओवादीले अपराधको राजनीतिककरण गरिरहेको छ ।

माओवादीको भ्रस्ट्रचारको विरोधका आडमा रवि लामिछानेको बचाउको कुनियत तथा सरकारबाट गलहत्याइनुको छटपटीले काम गरेको कुरा दुनियाँले बुझेका छन । हिजोका दिनमा रवि लामिछानेलाई गृहमन्त्री बनाएर उसले गरेका अपराधको खुलमखुल्ला वकालत गरेर माओवादीको साख गिरेको त छँदै थियो।

अहिले रवि लामिछानेको बचाउमा त्यसले गरिरहेको हर्कतले झन बदनाम भइरहेको हेक्का माओवादीलाई हुनुपर्दछ तर सत्ताको‌ आडमा सत्तारुढ दलका नेताहरुलाई जोगाउने षड्यन्त्रको पनि व्यापक आलोचना गरिनुपर्ने आवश्यकता छ।