घरेलु कार्यालय अर्घाखाँचीले गर्यो ६ ओटै स्थानीयतहमा कार्यरत बिषयगत शाखासंग छलफल (तस्बिर सहित)

May be an image of 12 people, people smiling, hospital and text

-रुद्रमणि भुसाल , अर्घाखाँची ।

कार्तिक ११, अर्घाखाँची । घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा सरोकारवालाहरुसग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

May be an image of 10 people, people studying and text

अर्घाखाँची जिल्ला भित्रका स्थानीय तहका उधोग तथा बाणिज्य शाखामा काम गर्ने कर्मचारी र उधोग दर्तासँग सम्बन्धित जिल्लाका अन्यसंघिय कार्यालयका कर्मचारीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

May be an image of 12 people, people smiling, hospital and text

कार्यक्रममा जिल्लाका ६ ओटै स्थानीय तहका शाखा गत कर्मचारीहरुले आ आफ्ना पालिकाको प्रस्तुतिकरण गनुभएको थियो । कार्यक्रममा उधोग दर्ता नियमन ब्याबस्थापन ऐन नियमावली राजस्व ब्याबस्थापन उधोगको खारेजी कानुनी ब्याबस्था कानुनी अज्ञानता , पुजी बृद्धि ,बजार अनुगमन नामसारी ,ठाउँसारीलगायतका बिषयमा कार्यालय प्रमुख दुर्गा न्यौपानेले कार्यपत्र प्रस्तुतिकरण गरिएको थियो ।

May be an image of 8 people and table

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा शुरु कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल , शसस्त्र प्रहरी निरीक्षक सुमन रानाभाट , उधोग बाणिज्य संघका सचीव सन्तोष बस्नेत , चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठ , अर्घाखाँची उधोग ब्यापार संघका अध्यक्ष योगेन्द्र खड्का , उधोग ब्यापार महासंघका महासचिव रामहरि भुसाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल कोषाअध्यक्ष रुद्रमणि भुसाल लगायतको उपस्थित रहेको थियो ।

May be an image of 9 people, table and text

कार्यक्रम घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख दुर्गा न्यौपानेको अध्यक्षता घरेलु कर्मचारी हुम बहादुर बिकको स्वागत मन्तव्य तथा नायब सुब्बा खुबिराम पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।

May be an image of 4 people and text