दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा बमको सूचना, चेकजाँच गरिँदै

 

काठमाडौँ । काठमाडौँबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको विमानमा बम राखेको सूचना आएपछि सुरक्षा जाँच गर्न लागिएको छ ।

एआई २१६ उडान नम्बरको एयर इण्डियाको यस विमानबाट दिल्ली १५८ यात्रु चढीसकेको अवस्थामा बमको सूचना आएपछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् । जाँचका लागि प्रहरीले कुकुरसमेत परिचालन गरेको छ ।

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको विमानमा बम रहेको सुचनापछि प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि विमानलाई नियन्त्रणमा लिएको थिए ।

बमको सूचना भने दिल्लीमा रहेको एयर इण्डियाको कार्यालयबाट काठमाडौं विमानस्थलमा आएको बताइएको छ ।

यसअघि अघिल्लो साता पनि भारतको भिस्तारा एयरको विमानमा बमको सूचना प्राप्त भएको थियो । तर पछि चेकजाँच गर्दा बम रहेको सूचना झुटो बनेको थियो ।