लुम्बिनी निर्माण व्यवसायीद्धारा व्यवसायीलाई तालिम सगैँ शुभकामना आदान प्रदान

 

-टेकराज भुसाल , रुपन्देही ।

रुपन्देही – लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण व्यवसायीहरुलाई सक्षम र सवल बनाउने उद्धेश्यले निर्माण व्यवसयीहरुलाई दुईदिने व्यवस्थपकिय तालिम दिएका छन।

आईतबार र सोमबार गरी दुईदिन रुपन्देहीको भैरहवामा नेपाल निर्माण व्यवसायी महासंघको प्राबिधिक सहयोग निर्माण व्यवसाय विकास कार्यन्वयन समितीको समन्वय र लुम्बिनी निर्माण व्यवसायी संघको व्यवस्थापनमा तालिम संचालन भएको थियो । तालिम समापन सगैँ व्यवसायीहरुले बिभिन्न पर्वहरुको अबसरमा शुभकामना आदानप्रदान पनि गरेका थिए ।

केन्द्रिय महासंघका बरिष्ठ उपाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि तथा तालिम संयोजक ईन्जिनियर एडि लामाले “निर्माण व्यबसायीलाई दक्ष जनशक्ति र प्रभावकारी व्यवस्थापन प्रणालीले मात्रै दीर्घकालीन विकासमा अघि बढाउन सकने बताए ।

लामाले भने तालिमले सहभागीहरूलाई व्यावहारिक ज्ञान, आधुनिक प्रविधिको उपयोग, र जोखिम व्यवस्थापनजस्ता महत्वपूर्ण पक्षमा सशक्त बनाउने उद्देश्य राखेको छ।

हामीले सही योजना, गुणस्तर नियन्त्रण, र समय व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ, जसले निर्माण कार्यलाई कुशल र सुरक्षित बनाउँछ।” संयोजक लामाले भने “ तालिमले सहभागीहरूलाई व्यावसायिक र व्यक्तिगत दुवै हिसाबले उन्नति गर्न सहयोग पुर्‍याउनेछ।”

त्यस्तै सोहि तालिमका अध्यक्ष तथा लुम्बिनी निर्माण व्यवसायी रुपन्देहीका अध्यक्ष मन्जु भुसालले “निर्माण क्षेत्रको दिगो विकासका लागि निर्माण व्यवस्थापनमा ज्ञान र सीप अभिवृद्धि अत्यन्तै महत्वपूर्ण रहेको बताईन।

यो तालिमले सहभागीहरूलाई गुणस्तरीय निर्माण, समय व्यवस्थापन, स्रोतको सही उपयोग, र सुरक्षित निर्माण प्रक्रियामा अभ्यस्त गराउन साथै आर्थिक तथा प्राविधिक ज्ञानमा बृद्धि गर्न सहयोग पुर्याउँछ ।

हाम्रो व्यवसायमा व्यवस्थापकिय पक्ष फितलो हुदाँ धेरै निर्माण कम्पनीहरु धरासायी हुन पुगेका छन यस्ता तालिमले धेरै बिषयमा ज्ञान बढाउँछ । उनले भनिन यस्ता तालिमहरुले निर्माण व्यवसायलाई दिगो र सुरक्षित बनाउँछ, जसले समग्र देशको अर्थतन्त्रमा सकारात्मक योगदान दिन्छ।” अध्यक्ष भुसालले निर्माण व्यबसायीमा नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात् गरेर अगाडि बढ्न आवश्यक रहेको समेत बताईन ।

व्यवस्थापकिय तालिमले समग्रमा निर्माण व्यवसायीलाई व्यवसायिक रूपमा मजबुत बनाउन मद्दत पुर्‍याउँछ, जसले निर्माण क्षेत्रमा दीर्घकालीन सफलता हासिल गर्न सहयोग गर्ने सल्लाहाकार जमिन कक्षपतिले बताए ।

तालिममा ६० जनाबढि व्यबसायीहरुको उपस्थित रहेको थियो । तालिमका प्रमुख प्रशिक्षक ईन्जिनियर केशवराज आचार्य, नेपाल निर्माण व्यवसायी महासंघका निर्देशक निर्मल अर्यालले सार्वजनिक निर्माण खरिदमा कानुनी व्यबस्था , करारका अबधारण तथा बिमा मूल्य संयोजन ,बैंक जमानत, बिमा लगायत व्यवसायीलाई अन्य धेरै बिषयमा प्रशिक्षण दिएका थिए । व्यवसायीहरुले समापन तालिम तथा तिहार छठ नेपाल संवतको अबसरमा शुभकामना आदान प्रदान समेत गरेका थिए ।

तालिममा लुम्बिनी प्रदेशका सल्लाहकार भिम बहादुर श्रेष्ठ,रुपन्देहिका सल्लाहाकार जमीन कक्षपति , कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मन्जु कुमार जैसी ढकाल लगायत पूर्वधार बिकासका प्रमुख लालु गरी,बिभिन्न कार्यालयका प्रमुखहरु र महासंघका पदाधिकारीहरु लगायतका स्थानिय जनप्रतिनिधिहरेको उपस्थित रहेको थियो ।