-अनिल नेपाली अर्घाखाँची ।
अर्घाखाँची । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखाले मस्तिष्क घातबाट पिडित बिरामीलाई घातक रोग उपचार सुबिधा बापत बिमितले पाउने १५ लाख रुपैयामा करकट्टा गरि रु १४,२५,४४३ रकम कनेक्ट आइपियस मार्फत बिमितको खातामा हस्तान्तरण गरेको छ ।
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका -६, घरभै हाल रोजगारीको शिलशिलामा जापनमा कार्यरत ३० वर्षिय पुनाराम आचार्यलाई सो रकम हस्तान्तरण गरेको जनाइएको छ ।
केही वर्ष अगाडि हिमालायन लाइफ इन्स्योरेन्समा रु १५ लाखको बिमाङ्क रहने गरि जीवन बिमा गरेका बिमित पुनारामले भारतको दिल्लीमा उपचार गरि घातक रोग बापतको रकम प्राप्तिको निम्ति सम्पुर्ण मेडिकल रिपोर्ट केही दिन अगाडि अर्घाखाँची शाखामा पेश गरेका थिए ।
उपचार बापतको रकम बिमितको खातामा भुक्तानी भै सकेको र बिमित पुन आफ्नो रोजगारीको शिलशिलामा जापान प्रस्थान गरेको शाखा प्रमुख दिनेश सुनारले बताउनु भएको छ ।
शाखा प्रमुख सुनारले जीवन बिमाले साना चोटपटक देखि ठुला दुर्घटना , मृत्यु र परिपक्वतामा दिइने सुबिधा मात्र नभै जीवनमा आइपर्ने ठुला रोग जसको उपचारमा पैसाको अभावले ज्यानै जान सक्ने अवस्थालाई मध्यनजर गरि पुनर्जीवनको निम्ति आर्थिक सुनिश्चितता समेत गर्ने हुदा आम नागरिकलाई बिमाको सुबिधा र पौचबाट अलग नरहन अपिल गर्नु भएको छ ।