आज काग तिहार मनाइँदै

 

काठमाडौं । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार मनाइँदैछ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार (यमपञ्चक) को आज दोस्रो दिन हो। कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वमा आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरिँदैछ ।

कागलाई यमराजको सन्देशवाहकका रूपमा लिने गरिन्छ । सधैँ शुभ समाचारको आशा गर्दे कागलाई यस दिन मीठा खानेकुरा दिने प्रचलन छ  । काग अत्यन्त बाठो पंक्षी मानिन्छ ।

आजकै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ  ।

यमपञ्चकमा काग तिहारका साथै यमराजको द्वारपालका रूपमा कुकुर, गाई, लक्ष्मी माता, गोरुको पूजा गरिन्छ । यसवर्षको भाइटीकाको साइत कार्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेट रहेको छ ।

यस्तै आज यमदीप दान पनि गरिँदैछ । कार्तिक कृष्ण त्रयोदशीका साँझ गरिने यमदीपदान पनि आज नै गर्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।