रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना

 

काठमाडौँ । रुसी अदालतले गुगललाई २० ट्रिलियन डलर जरिवाना लगाएको छ । यो रकम सम्पूर्ण विश्वको जीडीपीको ६२० गुणा बढी हो । यसको अर्थ विश्वका सबै देशको जीडीपी ६२० गुणा जोड्दा मात्रै यो रकम जम्मा हुन सक्छ ।

गुगलले २०२० मा १७ प्रो-रूसी यूट्यूब च्यानलहरू प्रतिबन्ध लगाएको थियो । यसविरुद्ध च्यानलहरूले अदालतमा मुद्दा दायर गरेका थिए । सन् २०२० मा सुनुवाइ गर्दै अदालतले च्यानलमाथिको प्रतिबन्ध फुकुवा नभएसम्म दैनिक १ लाख रुबल (रुसी मुद्रा) जरिवाना गरेको थियो ।

यसका लागि ९ महिनाको समय दिइएको थियो । यस अवधिमा कम्पनीले जरिवाना नतिरेमा हरेक २४ घण्टामा दोब्बर हुने बताइएको थियो । अहिले यो जरिवाना २० ट्रिलियन डलर पुगेको छ ।

गुगललाई २०२२ मा रूसमा दिवालिया घोषित गरिएको थियो, तर गुगलको सर्च इन्जिन र युट्युब जस्ता सेवाहरू अझै पनि रूसमा उपलब्ध छन् । रूसले एक्स र फेसबुकलाई पनि प्रतिबन्ध लगाएको छ, तर गुगलमा यो प्रतिबन्ध अझै लगाइएको छैन । तर, गुगलले रुसमा आफ्नो सेवा भने घटाएको छ ।

यति ठूलो जरिवाना संसारको कानुनी इतिहासमा सबैभन्दा ठूलो जरिवाना मध्ये एक हो । यसले गुगलले आफ्नो सेवामा असर नपर्ने बताएको छ ।

पछिल्लो १० वर्षमा विभिन्न देशले गुगललाई कुल १४ अर्ब डलर जरिवाना लगाएका छन् । त्यस्तै बेलायतमा पनि गुगलले डिजिटल विज्ञापन बजारको अनुचित फाइदा उठाएको आरोप लागेको छ ।