जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्वारा जारी सूचना

अर्घाखाँची – अर्घाखाँचीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आज (बुधबार) एक सूचना जारी गर्दै तिहारमा खेलिने देउसी भैलो परम्परागत रुपमा चलिआएको संस्कृतिको जगेर्नासँगै मर्यादित तथा अनुशासित रुपमा राती ९ बजेसम्म मात्र खेल्न जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आग्रह गरेको हो । प्रचलित कानुनको पालना गरी सामाजिक सद्भाव तथा सांस्कृतिक पहिचान कायम राख्दै तिहार मनाउन आग्रह गरिएको छ ।

तिहारको अवसरमा मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको भन्दै भुईचम्पा, पटका, आतिसबाजी जस्ता प्रज्वलनशील तथा विष्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्न नहुने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए जुवा/तास खेल्ने/खेलाउने कार्य समेत गर्न नहुने भन्दै उहाँले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सार्वजनिक स्थानमा हो–हल्ला गर्ने जस्ता क्रियाकलाप नगर्न सूचनामार्फत् अनुरोध समेत गनु भएको छ।

तिहारको अवसरमा कोही कसैले निषेध गरिएका कार्य गर्नुका साथै कानुनको बर्खिलाप हुने गरी त्यस्ता क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।