सहकारी प्रकरण : धनराजकी पूर्वपत्नी ज्योतीसहित दुई जनाविरुद्ध रेड नोटिस जारी

 

काठमाडौं । मितेरी सहकारीको बचत अपचलनमामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड नोटिस जारी भएको छ ।

अर्का फरार प्रतिवादी ज्योति बहादुर भन्डारी हुन् । इन्टरपोलले नेपाल प्रहरीको आग्रहमा उक्त नोटिस जारी गरेको हो । अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले उनीहरुविरुद्ध रेड नोटिस जारी गर्न नेपालस्थित नेसनल कन्ट्रोल ब्युरो–एनसिबीमार्फत इन्टरपोललाई आग्रह गरेको थियो ।

ज्योति गुरुङ र धनराजबीच कागजीरुपमा सम्बन्ध विच्छेद देखिएपनि यसलाई सहकारी डिभोर्स भन्ने गरिएको छ ।

-एनपी