जनतामा माओवादी प्रती आशा र विश्वास जागेको छ: केन्द्रीय सदस्य खनाल (तस्बिर सहित )

-अनिल नेपाली , अर्घाखाँची ।

अर्घाखाँची – जनतामा माओवादी प्रती बिश्वास जागेको नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सह ईन्चार्ज छमकुमारी खनाल चिनारीले बताउनु भएको छ।

अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा न २ काे तेस्रो वडा अधिवेशनकाे आज उद्घाटन गदै केन्द्रीय सदस्य खनालले यस्तो बताउनु भएको हाे।

खनालले माओवादीलाई नेपाली जनताले ठुलो विश्वास गरेर अपार समर्थन गरेको तर पार्टीभित्र देखिएका विभिन्न विकृति र देशी विदेशी शक्ती केन्द्रका कारण माओवादीलाई कमजोर बनाउन जनताबाट टाढिने प्रवृत्तिले गर्दा बिचमा पार्टी भित्र समस्या भएता पनि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले कम समयमा भ्रष्टाचार निवारण, सुशासन र सामाजिक न्याय तथा विकासका लागि धेरै उदाहरणीय काम गरेकोले पार्टी प्रति जनतामा फेरी विश्वास र समर्थन बढ्दै गएको बताईन् ।

सुशासनसँगै सामाजिक न्यायकाे क्षेत्रमा भ्रष्टाचार लाई निमुल पार्नेमा अध्यक्ष प्रचण्डले महत्त्वपूर्ण याेगदान गरेको बताईन् ।

माओवादीलाई अब कसैको बैशाखी नचाहिएको जनाउँदै नेता खनालले २०८४ सालमा एक्लै निर्वाचनमा सहभागी हुने र कसैले नसोचेको परिणाम ल्याउने उद्घोष गदै छिन्न भिन्न माओवादीलाई एकतामा ल्याउनु पर्ने बताईन्।

कार्यक्रममा जिल्ला सयाेजक राजेन्द्र भुसाल भुमिकास्थानका उपाध्यक्ष बाबुराम खनाल लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै जनतामा माओवादी प्रती बिश्वास पलाएको बताएका थिए।

कार्यक्रम नेता खुविराम बन्जाडेकाे अध्यक्षता शिवहरी पाैडेललेकाे सञ्चालनमा सम्पन्न अधिवेशनले खुविराम बन्जाडेकाे अध्यक्षतामा २३ सदस्यीय वडा समितिकाे निर्माण गरेको छ।

 

अन्य समाचारहरु