-अर्घाखाँची डट्कम।
अर्घाखाँची । सचारकर्मी रुद्रमणि भुसाल सम्मानित भएका छन् । पत्रकारिताका माध्यमबाट सहकारी सम्बन्धि बिभिन्न गतिबिधिसगैँ समाजमा सुशासन कायम गर्न महत्वपुर्ण योगदान पु¥याएबापत सन्धिखर्कको चुत्राबेशीमा रहेको त्रिवेणी बचत तथा ऋण सहकारीको सस्थाको साधरण सभाको १३ औँ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरेको हो ।
करिब १५ वर्षदेखि पत्रकारीता गरिरहेका भुसाललाई सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,त्रिवेणी सहकारीका अध्यक्ष कमल प्रसाद घिमिरे , सहकारी संघका जिल्ला अध्यक्ष प्रकाश भुसाल लगायतले पत्रकारिताका माध्यमबाट निर्भीक भएर सहकारी सम्बन्धि कलम चलाएका कारण यो सम्मान प्रदान गरिएको बताउनु भयो ।
सहकारीले उत्कृष्ट अङक ल्याउने बिद्याथी, जेष्ठ नागरिक ,असल कारोबारी सदस्यहरुलाई समेतसम्मान गरेको छ । त्रिबेणी सहकारीको कुल पुजी १८ करोड र ११ सय शेयर सदस्य रहेका छन् ।