-सागर महत , अर्घाखाची ।
सन्धिखर्क । मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको १२औं साधारणसभा सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
जसको सभापतिमा मधु अधिकारी ,उपसभापतिमा दिपक बेल्बासे,सचिवमा सागर महत, सह—सचिवमा टान बहादुर थापा,कोषाध्यक्षमा सावित्रा पौडेल,सदस्यहरुमा नारायाण प्रसाद बेल्बासे,हिमलाल पौड्ेल,कृष्ण परियार प्रकाश चुँदाली सम्झना खनाल लगायत चयन हुनुभएको हो ।यस्तै सदस्यमा रमेश मरासिनी र प्रदिप आचार्यलाई मनोनित गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रहनुभएका सन्धिखर्क नगरपालिका पुर्व नगरप्रमुख कमल प्रसाद भुसालले शान्ती समाजले समाजमा दबीएर रहेका आम नागरिकको मुद्वालाई बाहिर ल्याउन आवश्यम रहेको बताउनुभयो ।
कसैको दबाप प्रभावपमा नपर्न समेत आग्रह गर्नुभयो ।यस्तै शान्ती समाजका केन्दिय सचिव सन्तोष अधिकारी क्षेत्रीले यो संगठनले केवल अधिकार क्षेत्रमा मात्र काम गर्ने बताउनु भयो ।
कार्यक्रममा शिक्षक संघ अर्घाखाँचीका अध्यक्ष सारदा भट्टराई,शिक्षक महासंघका अर्घाखाँचीका अध्यक्ष नम बहादुर रानाभाट,कपिलबस्तुका अध्यक्ष गोविन्द पोख्रेल,भुमि आयोग अर्घाखाँचीका पुर्व अध्यक्ष यादव प्रसाद घिमिरे,शान्ती समाज नवलपरासी शाखा सभापति शिव प्रसाद पौडे्ल,शान्ती समाज कपिलबस्तु पुर्व सभापति
माधव घिमिरे लगायतले सुभकामना मन्तव्य राखेको कार्यक्रम शान्ती सेवा समाज अर्घाखाँचीका सभापति निलकण्ड भुसालको अध्यक्षता,पुर्व सभापति अशोक पौड्ेलको स्वागत मन्तव्य र सागर महतको संचालनमा सम्पन्न भएको हो ।