आज फाल्गुनन्द जन्मजयन्ती मनाइँदै, कोशीमा बिदा

 

काठमाडौं । आज फाल्गुनन्द जन्मजयन्ती मनाइँदैछ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको हो । किराँत भाषा, लिपी, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गर्नु भएका फाल्गुनन्दको २००५ सालमा निधन भएको हो ।

किराँत समाज सुधारमा फाल्गुनन्दले पु¥याएको योगदानको कदर गर्दै उहाँलाई २०६६ साल मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

फाल्गुनन्दको योगदानको सम्मान गर्दै किराँती समुदायको बसोवास रहेका पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । यस अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

 

अन्य समाचारहरु