‘कार्य सम्पन्न भएका योजनाको भुक्तानी सरकारले दिन सकेन’, निर्माण व्यवसायीहरु आर्थिक संकटमा : वरिष्ठ निर्माण व्यवसायी बस्याल

 

-सुर्य प्रसाद भुसाल ,अर्घाखाँची ।

अर्घाखाँची : निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ सदस्य तथा वरिष्ठ निर्माण व्यवसायी कासिराम बस्यालले काम सम्पन्न भएका सयौं योजनाहरुको संघीय सरकार प्रदेश सरकारले भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीहरु आर्थिक संकटमा परेको बताएका छन् ।

बस्यालले  अघिल्लो वर्ष सम्झौता गरेका सबै योजनाहरु यस वर्ष सम्पन्न भएपनि व्यवसायीले गरेको कामको भुक्तानी नपाउनु दुःखद भएको बताउँदै   सरकारले काम सम्पन्न योजनाको भुक्तानी नदिए निर्माण व्यवसायीले काम बीचमा छोड्न बाध्य हुने चेतावनी दिएका हुन् ।

बस्यालले सरकारले पैसा तिर्ने कुरा अपनत्व लिन्नँ भन्न नमिल्ने बताउँदै निर्माण व्यवसायीको समस्याप्रति  सरकार गम्भीर हुन नसकेको आरोप लगाए ।

वर्तमान लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य अर्थमन्त्री भएको बेला  काम सम्पन्न गरेका निर्माण  व्यवसायीहरूलाई  प्रदेह सरकारले तत्काल भुक्तानी दिने गरी बजेट व्यवस्थापन नगरेकोप्रति इंकित गर्दै वरिष्ठ निर्माण व्यवसायी बस्यालले  यस्तो बताएका हुन् । सोमबार सन्धिखर्कमा मध्यान्हसँग बस्यालले भने,‘वर्तमान सरकार पनि  विगतको सरकारको निरन्तरता हो भन्ने कुरा  सरकारमा पुगेकाहरुले बिर्सन हुँदैन ।’

व्यवसायी बस्यालले थपे, ‘निर्माण व्यवसायीहरूलाई भुक्तानी दिन नसक्ने कुरा गलत हो,  सरकारले अहिले म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न सक्दैन भनेको छ । यो कुरा स्वीकार अर्थमन्त्रीले गरेका छन् । तर विगतका वर्षहरूमा विगतका सरकारहरूले गरेका कमीकमजोरीलाई यो सरकारले त्यसको अपनत्व गर्दिनँ भन्न मिल्दैन । यो सरकार विगतका सरकारको निरन्तरता हो भन्ने कुरा सरकारले  बिर्सनु हुन्न । यसको निकास दिने जिम्मेवारी सरकारको हो । व्यवसायीले भुक्तानी पाउनुपर्छ ।’

सरकारले निर्माण कार्य सकेका आयोजनाको पैसा दिनुपर्ने उनले बताए । आफुहरु अदालत जान बाध्य हुन्छौं भन्दै उनले  पाउनुपर्ने भुक्तानी तत्काल पाउनुपर्ने  बताए । उनले भने, ‘भुक्तानीको व्यवस्थापन गर्न नसक्ने भए त्यस्ता आयोजनाहरूलाई  सरकारले खारेज गर्नपर्छ ।’

उनले सरकार अभिभावक भएको भन्दै जनतालाई भ्रमित गर्ने काम, निर्माण उद्योगलाई ध्वस्त बनाउने काम गर्न नहुने पनि बताए ।

निर्माण व्यसायीहरूलाई समाप्त गरेर निर्माण व्यवसायी मात्रै समाप्त नहुने भन्दै मुलुकको अर्थतन्त्र समाप्त हुने उनको भनाइ छ । बस्याल  नेपालका धेरै ठाउँमा काम गर्ने ठूलो निर्माण कम्पनी सागर निर्माण सेवाका सञ्चालक हुन् । उनले  अर्घाखाँचीमा धेरै कामहरु गरेका छन् ।

 

अन्य समाचारहरु