अनेरास्ववियु (क्रान्तिकारी)ले दियो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई ४८ घण्टे अल्टिमेटम ( तस्बिर सहित)

-अनिल नेपाली ।

 

प्रमुख ज्यु
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्,
लुम्बिनी प्रदेश कार्यालय
                                          विषय:- ४८ घण्टे अल्टिमेटम पत्र।

हाम्रो महान तथा गौरवशाली संगठन अनेरास्ववियु (क्रान्तिकारी)आफ्नो स्थापनाकाल देखी राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजिविका पक्षमा निरन्तर संघर्षरत रहि दलाल संसदीय व्यवस्था र यसद्धारा निर्देशित वर्तमान शिक्षा प्रणालीको विकल्पमा आन्दोलन गर्दै शैक्षिक क्षेत्रका अनियमितता, भ्रष्टाचार लगायतका विकृति, विसंगतिका साथै शिक्षा क्षेत्रको निजीकरण,व्यापारीकरण, दलालिकरण, माफियाकरणको विरुद्धमा वैज्ञानिक समाजवादी शिक्षा स्थापनाको निमित्त संघर्षरत रहेको कुरा सबैमा सर्वविदितै छ।

यसै सन्दर्भमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् लुम्बिनी प्रदेशको कार्यालयको विषय विभिन्न संचार माध्यममा आइरहेको बिषय प्रती हाम्रो ध्यानाकर्षण भएको छ। तत्कालीन सामाजिक विकास मन्त्रीले रिबन काटेर तामझाम सहित दाङको लमहीमा उद्घाटन गरिएको कार्यालय साउन देखि सुचारु गर्ने भनिएता पनि हाल सम्म सेवा सुचारु नगर्नु र दुई ठाउँमा भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहनुले प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को आर्थिक अपारदर्शितालाई उदाङ्गो पारेको छ ।

जनताको खुन पसिना बाट पाई पाई जम्मा भएको राज्य कोषको रकम के, कसरी लुट खसोट हुन्छ भन्ने यहि एउटा सानो तथ्यले उजार गरेको छ। यस प्रकारको राज्य कोषको दोहन र दुरुपयोग, अनियमितता , अख्तियारको दुरुपयोग हाम्रो लागि किमार्थ स्वीकार्य छैन र हुदैन पनि । तसर्थ तपशिलका निम्न माग सहित ४८ घण्टा अल्टिमेटम पेश गर्दछौ ।

१. यहि मंसिर १ गते (४८ घण्टा) देखि अनिवार्य लमही कार्यलय बाट पुर्णरुपमा प्रदेश कार्यालयले सेवा सुचारु गर्नु पर्ने ।

२. जो जस्का कारण दोहोरो भाडा तिर्न बाध्य परेको या पारिएको छ उही व्यक्ती बाट हाल सम्मको भाडा असुल गर्नु पर्ने ।

३. हालको प्रदेशको कार्यालयको भाडा सम्झौता, भाडा दर र यसमा देखिएको कर्मचारिको कैफियतको छानबिन गरि दोषिलाइ कार्वाही हुनु पर्ने ।

उल्लेखित बिषय सम्बोधन नभए हामी कडा संघर्श गर्ने व्यहोरा पुर्वसुचित गर्दछौ। त्यसको सम्पुर्ण जवाफदेही र जिम्मेवारी प्रदेश कार्यालय नै हुने छ ।

क्रान्तिकारी अभिवादन सहित !!!

२०८१ कार्तिक २८
संयोजक
क. सन्देश सापकोटा