शिखर ईन्सुरेन्स कम्पनीको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न । (तस्बिर सहित)

-रुद्रमणि भुसाल।

मंसिर १ अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ । शिखर ईन्सुरेन्स कम्पनीको २० औं बार्षिक उत्सवको अवसरमा ईन्सुरेन्सको अर्घाखाँची शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो ।

रक्तदानमा स्वतफुर्त रुपमा रक्तदाताले रक्तदान गरेको शिखर ईन्सुरेन्स सन्धिखर्क शाखाका प्रमुख लक्ष्मण केसीले बताउनु भयो । बार्षिक उत्सवमा देशभर रहेका शाखामा बिबिध कार्यक्रम आयोजना भएको उहाँले जानकारी दिनुभयो ।

शिखर ईन्सुरेन्स कम्पनीको २० औं बार्षिक उत्सवका अवसरमा आफुले रगत दिनपाउदा निकै खुसीलागेको पाणिनी ८ पालीका प्रबिन पाण्डेले बताउनु भयो ।

ईन्सुरेन्सले रक्तदान आयोजना गरेर रक्तदान बारे सचेतना र रगतको अभाव पुर्तिमा सहयोग पुर्याएको अर्घाखाँची अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी कृष्ण कुमालले जानकारी दिनुभयो ।

५० जना युवाबाट संकलित रगत नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र बुटवल पाठाइएको शिखर ईन्सुरेन्सका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण केसीको भनाई छ ।

 

अन्य समाचारहरु