मानव अधिकार रक्षाको आन्दोलनमा ढुंगानाको योगदान स्मरणीय रहने छ : प्रधानमन्त्री ओली

 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दु:ख व्यक्त गरेका हुन्।

‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु।

नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु। दिवंगत मित्र दमननाथ ढुंगानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना!,’ उनले लेखेका छन्।