नवनियुक्त चार राजदूतले लिए शपथ

 

काठमाडौं । विभिन्न देशका नवनियुक्त चार राजदूतले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

पाकिस्तानका लागि रीता ढकाल, कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका लागि धनप्रसाद पण्डित र चीनका लागि कृष्ण प्रसाद ओलीले राजदूतमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मन्त्रिपरिषदबाट राजदूत सिफारिस भएका उनीहरू राष्ट्रपतिबाट नियुक्त भएका थिए।