काठमाडौँ । पूर्वसभामुख स्वर्गीय दमननाथ ढुङ्गानाको सोमबार अन्त्येष्टि गरिने भएको छ।
सरकारले उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरेको छ । त्यसका लागि सोमबार बिहान नै मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए । वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् ।