प्रधानमन्त्रीविरुद्ध जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र- महासचिव पोखरेल

 

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले  देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

पोखरेलले भनेका छन्-

देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो ।

कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु  हामी सबैको कर्तव्य हो ।