राफेल नाडालको टेनिसबाट बिदाई

 

काठमाडौँ । स्पेनका स्टार टेनिस खेलाडी राफेल नाडालले टेनिसलाई बिदाइ गर्ने भएका छन् ।

पुरुष एकल विधामा सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने दोस्रो खेलाडी नाडाललाई विश्वकै उत्कृष्ट खेलाडीमा गनिन्छ । डेभिस कपको फाइनलमा हार बेहोरेपछि ३८ बर्षिय नाडालले यो आफ्नो अन्तिम खेल भएको बताएका हुन् ।

२२ ग्राण्ड सलाम जितेका नाडालले खेलपछि आफुले देखेको सपनाभन्दा पनि धेरै हासिल गरेको बताएका छन् ।

नाडालले टेनिसमा उनका प्रतिद्वन्दी नोभाक जोकोभिकपछि दोस्रो धेरै ग्राण्ड सलाम जितेका छन् । उनले फ्रेन्च ओपनको उपाधि रेकर्ड १४ पटक जितेका छन् । त्यस्तै उनले चार पटक युएस ओपन जितेका छन् भने अस्ट्रेलियन ओपन र विम्बल्डन २-२ पटक जितेका छन् । त्यस्तै उनले ओलापिकमा सिंगल र डबल स्वर्ण पटक समेत जितेका छन् ।

सन्यास अघि वर्षौंसम्म नाडालविरुद्ध खेलेका रोजर फेडेररले उनको लागि भावनात्मक सन्देश दिएका छन् । नाडालका साथी तथा प्रतिद्वन्द्वी फेडेररले नाडालले आफुलाई टेनिसमा थप रमाइलो बनाएको बताएका छन् ।

४० खेल र १५ वर्षसम्म चलेको यी दुईबीचको प्रतिद्वन्द्वी टेनिस फ्यानका लागि आकर्षणको केन्द्र बनेको फेडेररले बताएका छन् । फेडेररले सामाजिक सञ्जालमा नाडाललाई भावुक सन्देशमा लेखेका छन्, ‘तिमीले टेनिसबाट ग्रेजुएट हुने तयारी गरिरहँदा म धेरै भावुक हुनुभन्दा पहिले केही कुरा साझा गर्न चाहन्छु । अरू कसैले मलाई चुनौती दिएको भन्दा धेरै पटक तपाईंले मलाई हराएका छौं । क्ले कोर्टमा जब म तिम्रो विरुद्ध खेल्थे, मलाई तिम्रो घरको आँगनमा खेलेको जस्तो लाग्थ्यो । तिमीले मलाई यहाँ सोचेभन्दा बढी संघर्ष गर्नुपर्ने बनायौं । तिमिईसँग कस्तो अचम्मको कीर्तिमान छ, १४ फ्रेन्च ओपन उपाधि ऐतिहासिक छ । तिमीले स्पेन र टेनिसको सम्पूर्ण विश्वलाई गौरवान्वित बनाएका छौं ।’