काठमाडौँ ।फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा भीषण आगलागी भएको छ । आगलागीमा कुनै मानवीय क्षति नभएपनि कम्तीमा दुई हजार व्यक्ति घरबारविहीन भएका छन् ।
फिलिपिन्सको वायु सेनाका अनुसार ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको बस्तीमा आगलागी भएको र आगलागीका कारण पुरै बस्ती सखाप भएको छ । आगो नियन्त्रणका लागि सयौं अग्नीनियन्त्रक र हेलिकप्टर परिचालन गर्दा ३ घण्टापछि नियन्त्रणमा आएको हो ।
खाडी मुलुकबाट आएको तेजगतिको हावाको प्रभावले आगलागी नियन्त्रण बाहिर गएको फिलिपिन्सका अधिकारीहरुले जनाएका छन् । आगलागी पीडितहरुलाई हालका लागि टेन्टमा राखिपनि पछि उचित व्यवस्थापन गर्ने फिलिपिन्स सरकारले जनाएको छ ।
-Agency