काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धेरै राजनीतिक दलको होइन, बलियो दलको खाँचो भएको बताएका छन्।
बिहीबार कीर्तिपुरमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
देशको विकास र समृद्धिको बाटोमा एमाले चाहिने र यसमा जनताले साथ दिने बताउँदै उनले भने- हिजो अधिकारको आन्दोलनको समय थियो। जति राजनितक दल भए पनि फरक पर्दैनथ्यो। अहिले देशलाई विकास र समृद्धिको बाटोमा लैजानुपर्ने अवस्थामा धेरै दल होइन, बलिया दल चाहिन्छ।
३२ सिटलाई म्याजिक नम्बर भन्दै सरकार चलाउने युगको अन्त्य हुनुपर्ने सम्बोधनका क्रममा पोखरेलले बताएका छन्।
उनले भने, ‘६/६ महिना सरकार फेर्ने होइन, स्थायी सरकार चाहिन्छ। ३२ सीटले म्याजिक नम्बर भन्दै शासन चलाउने युगको अन्त्य गर्नुपर्दछ।’
छिमेकी राष्ट्रहरू राजनीतिक स्थायित्वकै कारण आर्थिक रूपमा अघि बढेको पोखरेलले बताए।
-एनपी