– रुद्र मणी भुसाल , ढिकुरा अर्घाखाँची ।
अर्घाखाँची- नेपाली कांग्रेसको संगठन सुदृढीकरणको सय दिने अभियान अन्तरगत आज अर्घाखाँची जिल्लाको ढिकुरामा सम्पन्न । रुद्रमणि भुसाल मंसिर १५ अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले संचालनगरेको संगठन सुदृढीकरणको सय दिने अभियान अन्तरगत आज अर्घाखाँची जिल्लाको ढिकुरामा सम्पन्न भएको छ ।
अभियान संचालनका लागि खटिएका कांग्रेस अर्घाखाँचीका पुर्व सभापति कमल प्रसाद भुसालले अभियानको बारेमा ढिकुराका उपस्थित सम्पुर्ण कार्यकर्तालाई जानकारी गराउनु भएको थियो ।
अभियानको क्रममा मासिक रुपमा सबै तहका बैठक र यथाशीघ्र वडासम्मेल सम्मेलन गर्ने, बार्षिक कार्ययोजना बनाउने, सामाजिक र राजनितिक गतिबिधि बढाएर लैजाने, क्रियाशिल सदस्यता बितरण कार्यक्रमलाई प्रभावकारी बनाउने लगायतका बिषयमा पुर्व सभापति भुसालले जानकारी गराउनु भएको थियो ।
यस्तै भातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ती गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्ममान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मानका कार्यक्रम पनि वडाले बेलाबेला गरिरहेको र आगामीदिनमा पनि अझै थप कार्यक्रम गर्न आग्रह गनु भएको थियो ।
उहाँले ढिकुरामा कांग्रेसको जनमत हुदाहुदै पनि प्राबिधिक कारणले पराजित हुनुपरेकोले आगामी दिनमा यस्तो कमजोरी नदोहोराउन आम कार्यकर्तालाई आग्रह गर्नु भयो ।
कार्यक्रममा महासमिति सदस्य पिताम्बर खनाल , किसान महासघंका जिल्ला अध्यक्ष राजेन्द्र केसी , नेपाली कांग्रेसका, जिल्ला प्रचार बिभाव प्रमुख, सुर्य प्रसाद भुसाल , जिल्ला सदस्य हरि प्रसाद दमासे, लिलाराम गौतम , क्षेत्रिय सभापति हेमन्त बेल्बासे , नेबिसघंका पुर्ब जिल्ला अध्यक्ष भरत भटराई , उमेश घिमिरे लगायतले मनतब्य राख्नु भएको थियो ।
नेपाली कांग्रेस वडाको कार्यालय बिपिस्मृति भबनमा भएको कार्यक्रममा झण्डै ४ सयजनाको सहभागिता रहेको थियो । कार्यक्रममा किसान महासंघका भुमिकास्थान नगरअध्यक्ष जीबन घिमिरेको संचालन र तिर्थराज घिमिरे रामुको अध्यक्षतामा सम्पन्न भएको छ । भेलाले नेपाल महिलासघं वडा समिति र नेपाल किसान महासंघ ढिकुरा वडा समिति गठन गरेको वडा सचिब सन्तोष भुसालले जानकारी दिनु भयो ।
भुमिकास्थान नगरपालिका वार्ड नं ९ नेपाली कांग्रेस वडासमितिले प्रत्येक महिना कार्यक्रम गदै आएको छ ।
थप तस्बिर: