शिक्षा क्षेत्रकाे विकासका लागि सबै एक भएर लाग्नु पर्छ : उप प्रमुख भाट क्षेत्री (तस्बिर सहित)

 

-अनिल नेपाली , अर्घाखाँची ।

शितगंगा ,अर्घाखाँची –  अर्घाखाँचीकाे शितगंगा नगरपालिका नगर उप प्रमुख गिता भाट क्षेत्रीले शिक्षा क्षेत्रकाे विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ।

May be an image of 10 people and table

शितगंगा नगरपालिका वडा न १० हिडि आधारभुत विधालयमा बिज्ञान प्रयाेगशाला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा मन्तब्य राख्दै उप प्रमुख क्षेत्रीले यस्तो बताउनु भएको हाे ।

उप प्रमुख क्षेत्रीले शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो, यसलाई सबैले आत्मसात गदै विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताउदै “विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावकको ठूलो दायित्व र जिम्मेवारी बहन गनुपर्ने नगरपालिकाले भाैतिक सरचना र अन्य सहयोगका सदैब सहयोग गर्ने बताईन् ।

May be an image of 1 person and text

कार्यक्रममा शि न पा १० का वार्ड अध्यक्ष केशव प्रसाद बेल्बासे , वार्ड न ७ का वार्ड अध्यक्ष देविराम घिमिरे ,शितगङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिनोद पोख्रेल ,जिल्ला समन्वय समिति सदस्य आदरणीय डालकुमारी भण्डारी , कार्यपालिका सदस्य हेमकला बि क,समाजसेवी काशी आचार्य समाजसेवी

May be an image of 9 people

एवम् निर्माण ब्यवसायी आदरणीय संजय राना , रेडियो शितगङाका स्टेसन म्यानेजर अराज बेल्बासे शितगङ्गा न पा न्यायीक समिति प्रतिनिधि ऋषि घिमिरे, लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियोे ।

May be an image of 9 people and people studyingMay be an image of 12 people

कार्यक्रममा जेष्ठ नागरिक ( अभिभावक )हरुलाइ न्यानो कपडा समेत बितरण गरिएको थियो। कार्यक्रम बि ब्य स अध्यक्ष आदरणीय ज्ञान बहादुर रायमाझीको अध्यक्षता र प्रधानाध्यापक लक्ष्मण ओलीको सन्चालनमा सप्पन्न भएको थियो।

थप तस्बिर:

May be an image of crowd and text

May be an image of 10 people

 

अन्य समाचारहरु