एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी

 

काठमाडौ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा पराजित भएको छ ।  आज भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको हो ।

चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिन बाध्य भएको हो ।

पोखराका लागि नारायण जोशीले मा सर्वाधिक ३० रन जोडे पनि सो खेलमा मार्कस क्रिचलेले १७ रन जोड्दा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्था भोग्नु परयो ।

कप्तान कप्तान तथा ओपनर कुशल भुर्तेल शुन्यमा बाहिरए पछि सो खेलमा दिलिप नाथ ४, बास डे लिड शुन्य, किरण ठगुन्ना १, दिनेश खरेल १, रायमन रेइफर १, विपीन खत्री ९ र माइकल लिस्क शुन्य रनमा आउट हुनु परेको थियो ।

उता, बलिङमा चितवनका शोहिल तन्भिर, लुक बेन्केनस्टाइन र रिजन ढकालले ३–३ विकेट लिएका छन् । तन्भिरले पहिलो ओभर र रिजनले चौथो ओभरमा ३–३ विकेट लिन सफल भएका थिए ।

टस हारेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रनको लक्ष्य दिएको थियो ।