– हिम लेकाली , अर्घाखाँची ।
मंसिर १८ ,अर्घाखाँची – ३३ ओै अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा अपांगता भएका ब्यक्तिहरूकाे अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका सभाहलमामा मङ्गलबार सम्पन्न कार्यक्रम राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशकाे आयाेजना ,राष्ट्रिय मानव अधिकार आयाेग लुम्बिनी प्रदेश बुटवल काे सहकार्य र सन्धिखर्क नगरपालिका अर्घाखाँचीकाे सहयाेग मा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य रामजी प्रसाद घिमिरेले आगामि प्रदेश सदनमा अपाङ्गता भएका ब्यक्तिहरूकाे हक अधिकारका बिषयमा थप अध्ययन गरेर ब्यबस्थित ढङ्गले कुरा उठाउने बताउनु भयाे । उहाँले यस बिषयमा प्रदेश सरकारले संसदमा विधेयक पेश गर्न लागिरहेकाे बताउँदै ऐनलाई छलफल गरेर संसद बाट छिट्टै पारित गर्ने बताउनु भयाे ।
उक्त कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,मालारानी गाउँ पालिका अध्यक्ष दल बहादुर भट्टराई ,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल ,राष्ट्रिय मानव अधिकार आयाेग लुम्बिनी प्रमुख हरि ज्ञवाली ,श्रृजनशिल अपांगता सराेकार केन्द्र का अध्यक्ष फर्शुराम पाण्डे ,गैर सरकारि संस्था महासंघ अ.खा.अध्यक्ष ठाकुर प्रसाद अधिकारी , ईन्सेक प्रतिनिधि कुल बहादुर नेपाली लगायत ले अपांग ब्यक्तिहरूकाे बर्तमान अवस्था र उनीहरूले भाेग्नु परेकाे समस्या र समाधानका बिषयमा मन्तब्य राख्नु भएको थियाे ।
जन प्रतिनिधि हरूले आफ्नाे पालिकामा अपांग क्षेत्रमा गरेकाे सहयाेग र हक अधिकार सुनिश्चितताकाे लागि गरेका कार्य र तयार गरेकाे स्थानीय कानूनकाे बिषयमा चर्चा गर्नु भएकाे थियाे ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश सचिवालय सदस्य कमला परियारले कार्यपत्र प्रस्तुत गर्नु भएको थियाे भने ,अपांगता स्थानीय एेन का बिषयमा सन्धिखर्क नगरपालिका वडा नं. १ सचिव पुष्पा भुसालले राख्नु भएको थियाे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका उप प्रमुख मिश्रा आचार्य ,प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्ल ,सन्धिनगरपालिका प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसाल ,पाणिनी बहुमुखी क्याम्पस प्रमुख बुद्धि भुसाल , पत्रकार महासंघका उपाध्यक्ष बिरेन्द्र के.सि . पत्रकार अनिल नेपाली , सनपा २ नं. बडा अध्यक्ष माेतिजंग रायमाझी ,७ नं वडा अध्यक्ष चुरा बहादुर केसि ,८ नं. वडा अध्यक्ष हुम प्रसाद बन्जाडे ,संयुक्त दलित अधिकार सन्जाल जिल्ला संयाेजक बिष्णु परियार ,लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा अपांगक्षेत्रमा लामाे समय देखि कृयाशिल यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने निर्मल नवज्याेती सुस्त मनस्थिति विद्यालयकि प्र.अ. कमला भुसाललाई दाेसल्ला अाेडाएर सम्मान पत्र सहित सम्मान गरिएकाे थियाे ।
कार्यक्रम राष्ट्रिय अपांगमहासंघ लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारिकाे अध्यक्षता ,सचिव सन्ताेष पन्थीकाे सन्चालनमा सम्पन्न भएको थियाे।