-हेमन्त केसी।
सुर्खेत , १९ मंसिर । जाजरकोटको नलगाड नगरपालिकाको नगर अस्पताल अझैँ त्रिपालमै सञ्चालनमा रहेको छ ।
भूकम्प गएको एक वर्ष बित्दा पनि नगर अस्पतालको सेवा त्रिपालबाट भइरहेको छ । नयाँ नगर अस्पतालको भवन निर्माण पुरा नभएका कारण नगर अस्पताल त्रिपालमै रहेको छ । गत वर्षको कात्तिक १७ गते रामीडाडा केन्द्र विन्दु भएर गएको भूकम्पका कारण नगर अस्पतालमा क्षती पुगेको थियो ।
कुल १५ शश्याको अस्पताल दुई वर्ष अघि हुनुपर्ने भएपनि अस्पताल निर्माण व्यवसायीको लापरबाहीका कारण समयमा निर्माण नहुँदा त्रिपालको सहरामा स्वास्थ्य सेवा सुचारु गरिएको छ । चिसो मौसममा सेवा प्रवाह गर्न मुस्किल हुँदै गएको स्वास्थ्यकर्मीले बताएका छन् । पुर्वी जाजरकोटको सबै भन्दा ठुलो अस्पतालका रुपमा यसलाई लिइन्छ । दैनिक ५० भन्दा बढी बिरामी यहाँ उपचारका लागि आउने गर्छन ।
उपचार गर्दा निकै समस्य भएको स्वास्थ्य शाखाका प्रमुख तप्त चनाराले बताउनुभयो । नगर अस्पताल निर्माण हुन अझैँ कम्तिमा एक वर्ष लाग्ने सम्भावना रहेको नगर प्रमुख डम्वर रावतले बताए। भेरी करिडोरको बीच भागमा नगर अस्पताल रहेको छ । डोल्पा ,जाजरकोट र रुकुम पश्चिमका स्थानीयबासीहरु यहाँ उपचारका लागि आउने गर्छन ।