जन्मे देखी ३ बर्षसम्म दराजमा छोरी लुकाउने आमालाइ ७ बर्ष जेल सजायँ

 

लन्डन, २० मंसीर । सन्तानको खुसीको लागि आमाले के गर्दैनन् ? तर एउटी आमा पनि छिन्, जसले आफ्नो नवजात छोरीलाई ३ वर्षसम्म दराजमा थुनेर राखिन ।

उनलाई घरमा एक्लै छोडेर पार्टीमा गइन, जसका कारण ती बच्चीले न घाम पाइन, न त स्वच्छ हावा नै । फलस्वरूप बालिका कुपोषणको सिकार भइन् । ३ वर्षीया बालिका पातलो मासु र हड्डीको कंकाल जस्तै देखिन्थिन् । बच्चीको यो हालत र आमाले गरेको अपराधको यो रहस्य खुल्दा सबैजना छक्क नै परेका छन् ।

वास्तवमा यो मामला बेलायतको हो। चेस्टर क्राउन कोर्टले ती महिलालाई जेल पठाएको छ। अदालतमा महिलाले बच्चामाथि भएको अन्याय स्वीकार गर्दा सबैको मन काँप्यो । ती बच्ची ३ वर्षदेखि जिउँदो लाशजस्तै दराजमा सुतिरहेकी थिइन । कतिपय अवस्थामा त ती बच्चीले कयौं घण्टासम्म खाना र पानी पाइनन् । बालिकालाई सिरिन्जमार्फत दूध र वीटाबिक्स खुवाइएको थियो। सामान्यतया ३ वर्षका बच्चाहरूले मानिसहरूले भनेको कुरा बुझ्न मात्र होइन तर चीजहरूमा प्रतिक्रिया दिन पनि सक्छन्। तर, यी निर्दोष बच्चीलाई आफ्नो नाम पनि थाहा थिएन।

डेली मेलको रिपोर्ट अनुसार केटीकी आमा प्रायः आफन्तको ठाउँमा पार्टीमा जान्थिन् । अफिस जाँदा पनि बच्चालाई दराजमा राखेर जाने गर्थिन् । जब अदालतले आमालाई यो क्रूरताको कारण सोध्यो । सो कारण थाहा पाएर सबै छक्क परेका थिए ।

एक दिन जब ती महिला घरमा थिइनन्, महिलाको प्रेमी उनको घरमा आए । जब उसले बेडरूममा रहेको दराजमा बच्चा रोएको सुने तब उनी झसङ्ग हुन पुगे । कोठामा पुगेर दराज खोलेर हेर्दा त सानो बच्ची रोइरहेको देखेर छक्क परे। महिलाले बच्चालाई दराजमा लुकाएकी थिइन् ।

ती महिलाले अदालतमा आफ्नो अपराध स्वीकार गर्दै आफू अर्कैसँग प्रेम सम्बन्धमा रहेको बताएकी छन् । यसै क्रममा ती महिला गर्भवती भइन् र बच्चालाई जन्म दिइन् । परिवारका सदस्य र युवतीका प्रेमीलाई थाहा नपरोस् भनेर उनले युवतीलाई दराजमा लुकाउनु परेको बयान अदालत दिएकी छिन् । तर, महिलाका प्रेमीले यो रहस्य खुलाइ दिएपछि अदालतले ती महिलालाई साढे सात वर्षको जेल सजाय सुनाएको छ ।