संक्रमणकालीन न्याय आयोगमा पदाधिकारीको नाम छनौट

 

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले ४० जना आवेदक मध्येबाट आठ जनाको नाम छनौट गरेको छ ।

सिफारिस समितिको शुक्रबार बसेको बैठकले दुवै आयोगका अध्यक्षका लागि ८ जनाको नाम तयार पारेको हो ।

संक्रमणकालीन न्याय आयोगको अध्यक्षका लागि मानव अधिकार आयोगका पूर्व सदस्य सुदिप पाठक, नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, पूर्व न्यायाधीश डिल्लीराज आचार्य र प्रशाशकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाल, विजय सिजापति, विश्वराज कोइराला, महेश थापा र अच्युतप्रसाद भण्डारी छनोटमा परेका छन् । छनोट भएकाहरुको नाम शनिबार सार्वजनिक गरिनेछ ।

यस्तै पाँच दिनभित्र प्रस्तावित नामहरु सम्बन्धमा उजुरी लिएर प्रक्रिया अघि बढ्ने जनाइएको छ । पदाधिकारी सिफारिसका लागि पुस २ गतेसम्म समय रहेकोमा मंसिर ३० गतेसम्म टुङ्गो लगाउने सिफारिस समितिको तयारी छ ।