व्यवसायिक कृषकहरूलाई मात्र अनुदान दिन नेपाल किसान महासङ्घ अर्घाखाँचीका अध्यक्ष राजेन्द्र केसीको आग्रह (तस्बिर सहित)

 

रुद्रमणी भुसाल  ,अर्घाखाँची ।

अर्घाखाँची ।नेपाल किसान महासङ्घ अर्घाखाँचीको पहिलो बैठक सन्धिखर्कमा सम्पन्न भएको छ। बैठकले अर्घाखाँची जिल्लामा रहेका सम्पूर्ण किसानहरूको पशुको बीमा कृषि उत्पादनलाई व्यवसायिकरणको निम्ति तिनै तहका सरकारसँग पहल गर्ने र कृषकहरूलाई समयमा उन्नत जातको बिउ मल उपलब्ध गराउनको निम्ति पहल गर्ने निर्णय समेत गरेको नेपाल किसान महासंघ अर्घाखाँचीका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो ।

May be an image of 5 people

नेपाल किसान महासंघका अध्यक्ष केसीले नेपाल किसान महाङ्घको संगठनलाई सबै अर्घाखाँचीका स्थानीय तहहरूमा पुर्याउनका निम्ति समिति गठन प्रक्रियालाई निरन्तर जारी राख्ने बताउनुभएको छ ।उहाँले अर्घाखाँचीको भूमिकास्थानमा जीवन घिमिरेको नेतृत्वमा र पाणिनी गाउँपालिकामा मुम बहादुर विश्वकर्माको नेतृत्वमा नेपाल पाणिनी किसान महासंघ गठनगरेकोले आज उहाँहरुलाइ प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

May be an image of 9 people and text

त्यसैगरी किसान महासङ्घको पहिलो बैठकले उपाध्यक्षमा रामप्रसाद आचार्य मोतीकुमार श्रेष्ठ सचिवमा निमबहादुर आचार्य र कोषाध्यक्षमा जनक श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ ।

May be an image of 5 people, people studying and text

अब समिति गठन गर्न बाँकी रहेका स्थानीय तहहरूमा पनि छिट्टै नेपाल किसान महासंघको समिति गठन गर्ने बताइएको छ। संगठनलाई गाउँ तहसम्म लैजानको निम्ति सबै वडाहरुमा किसान महासंघलाई सशक्त बनाउँदै अघि बढ्ने महासङ्घका सचिव निमबहादुर आचार्यले बताउनुभयो ।

May be an image of 5 people

कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हेमन्त बेल्बासेले नेपाल किसान महासघले गरेका हरेक क्रियाकलापमा साथ र सहयोग रहने बताउँदै यस्तो सशक्त समितिलाई सबैसँग समन्वय गरेर अगाडि बढ्न सुझाव समेत दिनुभएको छ ।

May be an image of 5 people and people studying

बैठक भूमिकास्थान नगरपालिकाका नेपाल किसान महासङ्घका अध्यक्ष जीवन घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो।