-अनिल नेपाली, अर्घाखाँची।
अर्घाखाँची २२ मसिर सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सहकारीले बिकास र समृद्धिको लागी उत्पादन क्षेत्रमा लगानि गर्नुपर्ने भएको छ ।
डोलेश्वर बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको तेस्रो साधारणसभाको आज सन्धिखर्कमा उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनु भएको हो ।
नगर प्रमुख श्रेष्ठले सहकारीले बचत ऋणको सेवा मात्रै प्रदान गर्नु भन्दा उत्पादन मुलक र नयाँ क्षेत्रमा लगानी गरि बिशिष्टीकृत सेवा प्रदान गर्नुपर्नेमा जोड दिदै सहकारीले आर्य आर्जन र आत्मनिर्भरता तर्फ उन्मुख हुनुपर्ने बताउदै नगरले सहकारीको नियन्त्रण नियमन अनुगमन गरी नगरभित्र रहेका सहकारीको विकासको लागि नयाँ आयाम थप्ने बताएका थिए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न २ का अध्यक्ष तथा नगर प्रबक्ता मोतिजङ्ग रायमाझी , पत्रकार महासघका सहसचिब अनिल नेपाली , समाजसेबी शिब प्र पोख्रेल लगायतले कार्यक्रममा सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक पुरुष टेक सुनार विश्वकर्मा ,महिला सावित्रा देबी बन्जाडे ,कुष्ण भुसाल उत्कृष्ण बचतकर्ता दामोदर बन्जाडे ,महिला तर्फ सरिता पौडेल फोन प्रेय तर्फ मधु खनाल, महिला तर्फ यमकला सारु , रेमिटान्स तर्फ महिला गिता भुसाल, पुरुष जितेन्द्र खत्री ,मोबाईल बैकिङ्ग तर्फ डुककला भुसाल पुरुष तर्फ नारायण ब मिया ,उत्कृष्ण कर्मचारी कबिता केसी र विपना खत्री , समाचार प्रकाशन र प्रशारण गरे बापत नेपाल पत्रकार महासघ अर्घाखाँची शाखालाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सस्थाका अध्यक्ष मोतिराज शर्माले सागठनिक प्रगति प्रतिवेदन शारदा खनाल भुसालले लेखा प्रशिक्षण प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम सस्थाका अध्यक्ष मोतिराज शार्माको अध्यक्षता कोषाध्यक्ष दिपक केसीको सचालन उपाध्यक्ष शुक्रदेब बेल्बासेको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सस्थाका शेयर सदस्य सञ्चारकर्मी लगायत अन्य आगन्तुक महानुभाबको सहभागिता रहेको थियो ।
सस्थाले स्थापनाको छोटो समयमै अर्घाखाँची जिल्लामा सामाजिक क्षेत्रमा र अन्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
थप तस्बिर :