-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।
अर्घाखाँची – १४ बर्षमै स्वर्गेबास भएका छोराको सम्झनामा भूमिकास्थान–१०,धनचौरका पाण्डे दम्पतीले विद्यार्थिलाई खाजा बितरण गरेका छन् ।
छोरा प्रविन पाण्डेको प्रथम स्मृति दिवसमा सन्धिखर्क स्थित निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थिलाई बुवा टिकाराम पाण्डे (मनिराम) र खुमकला पाण्डे (रिता)ले खाजा बितरण गर्नुभएको हो ।
आफ्नो स्वर्गिय छोरा प्रविन पाण्डेको पहिलो स्मृति दिवसमा उक्त विद्यालयका २५ जना विद्यार्थिलाई एक दिनको खाजा स्वरुप खिर खुवाउनुभएको हो ।
सुस्त मनस्थिति भएकै अवस्थामा छोरा प्रविनको गत बर्ष आजकै दिन १४ बर्षको उमेरमा दुःखद निधन भएको मनिराम पाण्डेको भनाई छ । छोराको प्रथम स्मृतिमा छोराको सम्झना र सम्मान स्वरुप विद्यार्थिलाई खाजा बितरण गरेको उहाँले बताउनुभएको छ ।
मनिराम र रिता पाण्डेको तर्फबाट विद्यार्थिलाई खाजा बोकेर पुगेका पत्रकार गोपाल प्रसाद भट्टराई र जितेन्द्र खत्रीलाई विद्यालयका प्रधानध्यापक कमला भुसालले धन्यावाद दिनुभएको छ ।
“पवित्र कार्यमा सहकार्य गर्नुभएकोमा यहाँहरुलाई धन्यावाद ।” प्र.अ.भुसालले भन्नुभयो, “स्वर्गिय प्रविन बाबुलाई श्रदासुमन र शोकाकुल बुआआमालाई हार्दिक समवेदना ।” जन्मदै फरक क्षमता अर्थात सुस्त मनस्थिति भएका २५ जना बालबालिकाले उक्त विद्यालयमा अध्ययन गर्दै आइरहेको प्र.अ.भुसालको भनाई छ ।