दक्षिण कोरियाः राष्ट्रपति बिरूद्दकाे महाभियोग पारित भएपछि प्रधानमन्त्री हान अब काब राष्ट्रपति

 

सियोल, २९ मंसीर । दोस्रो प्रयासमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अन्ततः संसदले महाअभियोग लगाएको छ । सभामुख वू वोन शिकका अनुसार महाभियोगसम्बन्धी कागजातको प्रतिलिपि राष्ट्रपति युन भएको स्थानमा र संवैधानिक अदालतमा पुगे लगत्तै स्वतः निलम्बनमा पर्नेछन्  ।उनका अनुसार राष्ट्रपति युन निलम्बनमा परेसँगै प्रधानमन्त्री हान डक सूले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन् ।

आफ्नो शक्ति निलम्बनमा परे पनि संवैधानिक अदालतले उनको महाभियोगलाई कायम राख्ने वा नदिने निर्णय नगरेसम्म युन पदमा रहि रहने छन, यो दक्षिण कोरियाको संबैधानिक ब्यवस्था हो ।

दक्षिण कोरियाको संसदले गत साता अप्रत्याशित रूपमा ‘मार्शल ल’ लगाउने उनको अल्पकालीन प्रयासको बिरोधमा दोस्रो प्रयासमा त्यहाँको संसदले महाभियोग लगाएको हो ।

महाअभियोग पछि उनको राजनीतिक यात्रा लगभग अन्त्य भएको जनाइएको छ । उनको सो कदम पछि देशभरी लाखौं संख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए ।

एक सदनात्मक सभामा शनिबार युनलाई महाभियोग लगाउन प्रस्ताव गरेका थिए, जसमा २०४ सांसदले पक्षमा मतदान गरेका थिए भने ८५ मत महाअभियोगको बिपक्षमा परेको थियो ।

मार्शल ल लगाउने उनको प्रयास बिरूद्द महाअभियोग यसअघिको प्रयास असफल भए पनि दोस्रो पटकमा शनिवार। भने संसदवाट पारित भएको थियो । सो मतदान प्रकियामा ३ सदस्य अनुपस्थित भएका थिए भने ८ मत बदर भएको जनाइएको छ ।

दक्षिण कोरियाको इतिहासमा महाअभियोगवाट निलम्बन हुने उनी पहिलो राष्ट्रपति हुन् ।उनकाे बहिर्गमन हुनु पर्ने भन्दै लाखाैं काेरियाली जनताले गत साता देखी सडकमा प्रदर्शन गरिरहेका थिए । महाअभियाेग पारित भएसँगै त्यहाँ खुसीयाली छाएकाे छ ।