आठौँ पाणिनि महोत्सवको तयारी सुरु, फाँगुन ०६ गते मुख्यमंत्री द्वारा भव्य समारोह विच उद्घाटन हुने ।

 

-डिआरजी सुमन।

दुर्गाफाँट, अर्घाखाँची । सोमवार , पौष ०१ , २०८१ । कृषि, पर्यटन, उद्योग र ब्यापार पाणिनिको आर्थिक समृद्धिको मुल आधार भन्ने मुल नारा सहित ८ औं  पाणिनी कृषि, पर्यटन, उद्योग र ब्यापार महोत्सव २०८१ फाल्गुन ६ देखि हुने शुरु हुने र १८ सम्म चल्ने भएको  छ।

May be an image of 10 people, temple and text

कार्यक्रममा पाणिनी गाउँपालिका संरक्षकको भुमिकामा रहि कृषि शाखाको सहकार्यमा निःशुल्क माटो तथा गोवर परिक्षण, स्वास्थ्य शाखाको सहजीकरणमा निशुल्क प्राथमिक उपचार तथा सुरक्षा निकायले पनि सुरक्षाको पुर्ण प्रत्याभूति हुनेगरी सहयोग गर्ने कुराको पनि जानकारी पत्रकार सम्हेलनमा जानकारी गराइएको थियो ।

May be an image of 11 people and text

आज सोमबार दुर्गाफाटमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले महोत्सवको तयारीका बारेमा जानकारी गराउदै मिति सार्वजनिक गरिएको हो । पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनामले कार्यक्रमको मिति सार्वजनिक गर्दै महोत्सवलाई ब्यवस्थित र भब्य बनाउन बिगतका कमजोरिहरु सच्याउदै अघि बढ्नेमा आश्वस्त पार्नुभएको थियो ।

यस पटकको महोत्सवमा ३३ लाख बढी खर्च हुने अनुमान गरिएको महोत्सवमा कार्यक्रमको मुख्य आयोजक लुम्बिनी भिजन इन्टरटेनमेन्ट प्रा.लि.का महासचिव वसन्त के. सि. ले पाणिनिको पर्यटन प्रवर्द्धनमा कोशेढुङ्गा सावित हुनेगरि त्यस्ता संभावना भएका स्थानको स्तर उन्नतिमा टेवा र  योगदान दिन महोत्सवलाई प्रचारप्रसारको माध्यम बनाउने लक्ष्य रहेको बताउनुभयो ।

पाणिनी पर्यटन समाजका उपाध्यक्ष धुर्व घिमिरेले पाणिनिका धार्मिक , पर्यटकीय महत्व बोकेका हरेक संभावनालाई महोत्सवले सम्बोधन गर्ने बताउनु भएको छ । महोत्सवमा पाणिनी गाउँपालिका भित्र रहेका त्यस्ता स्थलहरुको फोटो प्रदर्शनी तथा सेल्फी जोनको पनि ब्यवस्था हुने जानकारी घिमिरेले दिनुभएको छ ।

आगामी महोत्सव को वारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ सहित कार्यक्रमको मुख्य आयोजक लुम्बिनी भिजन इन्टरटेनमेन्ट प्रा.लि.का सल्लाहकार बिकास भट्टराईले यो पाणिनिको पहिचान भएको बताउदै थुप्रै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साथमा विशेष सास्कृतिक कार्यक्रम पनि हुने जानकारी गराउनु भएको छ ।

चर्चित उद्घोषक विकास भट्टराईले मम्मी डान्स प्रतियोगिता साथै पाणिनी आइडलको पनि शुरूवात गरिने जानकारी गराउनुभएको छ । कार्यक्रममा स्थानीय तथा आसपासका ब्यापार तथा ब्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य सहित स्टलहरुको पनि ब्यवस्था गरिने आयोजकले जनाएको छ ।

सोमवार दुर्गाफाँटमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मी तथा पत्रकारहरु , मुख्य आयोजक तथा आयोजक विचको उपस्थितिमा महत्वपूर्ण विषय सार्वजनिक गरिएको छ ।