जनतामा निराशा बढि भयो, आशाको सञ्चार जगाउनु पर्योः प्रदेश सांसद घिमिरे (तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई ।

पौष–२,अर्घाखाँची- लुम्बिीनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले अहिले मुलुकका सबै क्षेत्रमा निराशा बढि भएकोले आशाको सञ्चार गर्नुपर्नेमा जोड दिनुभएको छ । मिडियाको दुरुपयोग र राजनितिक बितिष्णाले नागरिक तहमा निराशा बढेर गएको उहाँको तर्क छ ।

May be an image of 5 people and text

सबैक्षेत्रमा निराशा मात्रै देखिंदा विभिन्न सामाजिक दुर्घटनाहरु समेत भइरहेको प्रदेश सांसद घिमिरेको भनाई छ । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले मंगलबार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद घिमिरेले यस्तो बताउनुभएको हो ।

राजनिति र सरकारले मिडियाको दुरुपयोग गर्न खोजेपनि पत्रकार र मिडिया बफदार रुपमा प्रस्तुत हुनुपर्नेमा उहाँको जोड छ । सबैतिर निराशा र नकरात्मकता हाबी हँुदा मुलुकका उपलब्धि गुम्ने खतरा बढ्ने भन्दै उहाँले सकरात्मक सोंच र सञ्चार पैदा गर्नुपर्ने खाँचो औल्याउनुभएको छ ।

May be an image of 4 people and text

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न आयोजित साक्षात्कारमा बोल्दै प्रदेश सांसद घिमिरेले संचार क्षेत्रले जिम्मेवार भूमिका निर्बाह गर्न र सकरात्मक सन्देश दिन चुक्न नहुने तर्क गर्नुभएको छ ।

May be an image of 6 people and text

एमाले कांग्रेस मिलेर बनेको अहिलेको सरकारले जनतामा आशा पलाएको दाबी गर्दै प्रदेश सांसद घिमिरेले अर्घाखाँचीको ठाडामा इलाका प्रशासन कार्यालय
स्थापनाको पहल भइरहेको पनि बताउनुभएको छ ।

May be an image of 5 people and text

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले अहिलेको सरकार आगामी निर्वाचन सम्म कायम रहने उल्लेख गर्नु भएको छ ।

May be an image of 6 people and text

राजनितिक स्थायीत्व र मुलुकको विकासमा गति दिन बनेको सरकार आज ढल्छ, भोली ढल्छ भन्ने भ्रम फैलाएको भन्दै नेता मुस्कानले सरकार निर्वाचन सम्म यथावत रहने जिकिर गर्नुभयो ।

May be an image of 5 people and text

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र पत्रकार विरेन्द्र के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा रास्वपा जिल्ला सभापति हरी प्रसाद भुसाल, पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेम आचार्य, जिल्ला अध्यक्ष गणेश खनाल, पूर्व केन्द्रिय सदस्य राधा नेपाली लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरुले समाजिक सन्जालको दुरुपयोगले मिडिया र प्रेस जगतमा चुनौति थपेको बताउनु भएको छ ।

May be an image of 6 people and text

खोजपत्रकारिता र आवाज विहिनका आवाज मुखरित गर्न पत्रकारका कलम चलायमान हुनुपर्नेमा उहाँहरुको जोड रहेको छ ।

थप तस्बिर:

May be an image of 6 people and text

May be an image of 2 people, dais and text

May be an image of 1 person, dais and text

May be an image of 5 people and text